मिलनको ‘फरिया र चौबन्दी’ मा एलिसा र जुनाको छमछमी (भिडियो)

  • Get News Alerts

गायिका मिलन अमात्यको नयाँ गीतको भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ। आफ्नो तेस्रो एल्बम ‘मिलन संजोग’ मा समावेश ‘फरिया र चौबन्दी’ बोलको गीतको भिडियोमा जुना सुन्दासले मुख्य भूमिकामा अभिनय गरेकी छन्। एलिसा राईले अतिथी भूमिका निभाएको भिडियोमा मिलन आफैं पनि नाच्न तम्सिएको देखिन्छ।
 
आधुनिक गीत तथा फिल्मको पाश्र्व गायनमा सक्रिय मिलनको यो गीतमा उत्तमजंग लिम्बुको शब्द तथा संगीत रहेको छ। नितीन चन्दले भिडियो निर्देशन गरेका हुन्। छायांकन र सम्पादन पनि चन्दकै हो।
 

प्रतिकृया दिनुहोस