कथाकार नवीन विभास र कवि अनिल श्रेष्ठलाई कृष्णसेन पुरस्कार प्रदान

  • Get News Alerts

कृष्णसेन इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पुरस्कार तनहुँ आबुखैरेनीका कवि अनिल श्रेष्ठ र रोल्पा राङकोटका कथाकार नवीन विभासलाई संयुक्तरूपमा प्रदान गरेको छ।

पत्रकार कृष्णसेन इच्छुकको स्मृति दिवसका अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार खोटाङ महालक्ष्मी–१२ सानोगाउँकी कवि पञ्चकुमारी परियार तथा कलातर्फको इच्छुक प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका अनिश योञ्जनलाई दिइएको छ।

इच्छुक स्मृति पुरस्कारको राशि एक लाख रुपैयाँ र प्रतिभा पुरस्कारको जनही २५ हजार रुपैयाँ छ । कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले उक्त पुरस्कार प्रदान गरेका थिए। 

 

 

प्रतिकृया दिनुहोस