निश्चल–स्वस्तीमाको कुटुमा कुटु ... (भिडियो)

  • Get News Alerts

फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीत रिलिज भएको छ। युट्युबमार्फत् आइतबार सार्वजनिक गरिएको गीतमा निर्देशनबाट चिनिएका निश्चल बस्नेत र अभिनेत्री स्वस्तीमा खड्काको नृत्य देख्न सकिन्छ। 
 
नाताले श्रीमान्–श्रीमती उनीहरु बिहेपछि फिल्मको गीतमा उनीहरु सँगै देखिएका हुन्। निश्चल भने फिल्मको मुख्य भूमिकामै देखिँदैछन्।
 
सुर्केथैली, पूर्व पश्चिम रेलजस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटी शब्द तथा संगीतमा तयार कुटुमा कुटुमा मेलिना राई, राजन इशान र स्वयं संगीतकार शिवाकोटीको समेत स्वर सुन्न सकिन्छ। 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा निश्चल र स्वस्तीमाका अलावा आशीफ शाह र बुद्धि तामाङको अभिनय देखिन्छ। असीम शाह निर्देशित फिल्म भदौ २३ मा रिलिज हुनेछ।

 

प्रतिकृया दिनुहोस