पारिजातका कथाका प्रवृत्ति

  • Get News Alerts

साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उनका कथाका प्रवृत्तिबारे चर्चा गरिएको छ। 
 
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयको गोष्ठीमा साहित्यकारले पारिजातका कथा, व्यक्तित्व, र समाजमा पु¥याएको योगदानबारे छलफल गरियो। प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यका क्षेत्रमा जस्तै सामाजिक रूपान्तरणका आन्दोलनमा समेत पारिजातको अतुलनीय योगदान रहेको स्मरण गरे।
 
वरिष्ठ साहित्यकार प्रदीप नेपालले पारिजातले सुरूमा लेखेका कथामा यौन कुण्ठा रहेको टिप्पणी गरे। 'हाम्रो काम लेख्ने मात्र हो, बुझे बुझ्छन्न/बुझे बुझ्दैनन् भन्न लेखकले पाउँदैन, त्यो ढङ्गले विश्लेषण गर्ने हो भने कथामा पारिजात दिदी अटाउनुुहुन्न, त्यसैले जनताले बुझ्ने भाषामा लेख्नुपर्छ', उनले भने। 
 
नेपाली लेखक सङ्घका अध्यक्ष तथा प्राज्ञ श्रवण मुकारुङले आफू काठमाडौं आएपछि सबैभन्दा पहिला आफूले पारिजातलाई कविता सुनाएको सम्झना बाँडे। पारिजात स्मृति केन्द्रका अध्यक्ष रायन र प्रज्ञा–प्रतिष्ठानका सदस्य एवम् प्राज्ञ मातृका पोखरेलले पारिजात लेखक मात्र नभएर एउटा अभियानकर्मीसमेत भएको बताए। 
 
साहित्यकार डिआर पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै पारिजातले नेपाली साहित्यमा दिएको योगदान प्रेरणादायी रहेको बताए। कार्यक्रममा ‘आदिम देश’, ‘सडक र प्रतीभा’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘बधशाला जाँदा आउँदा’ लगायत कृतिका लेखक पारिजातका कथाको प्रवृत्तिमाथि चर्चा गरिएको थियो। विसं १९९४ मा जन्मिएकी पारिजातले कविता, नाटक, आख्यान र निबन्धसहित नेपाली साहित्यका चारै विधामा कलम चलाएकी छन्। विसं २०५० मा उनको निधन भएको थियो। 

प्रतिकृया दिनुहोस