रेखा र आर्यनको ‘रुद्रप्रिया’को छायांकन सुरु

  • Get News Alerts

फिल्म ‘रुद्रप्रिया’ छायांकन सुरु भएको छ। तनहुँको बन्दिपुरस्थित खड्गादेवी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु भएको रेखा थापाले जानकारी दिइन्। सात वर्षपछि सँगै देखिन लागेका आर्यन सिग्देल र रेखा मुख्य भूमिकामा रहेको फिल्म बन्दिपुरमा दुई हप्ता रहने बताइएको छ।
 
‘बन्दीपुरमा दुई साता जति बस्छौं’ रेखाले भनिन्, ‘त्यसपछि पोखरा, काठमाण्डौं र जिरी जान्छौं। करिब ४० दिनमा सकिन्छ।'
 
कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा आउने फिल्मलाई सुदीप बबी भूपाल सिंहको निर्देशन रहने फिल्म रमेश एमके पौडेल र रेखा थापाको सहकार्यमा बन्न लागेको हो। संजय लामाको छायांकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहनेछ। कोरियोग्राफी कविराज गहतराजले गर्नेछन्।

प्रतिकृया दिनुहोस