गायक अभिजितको नयाँ ट्वीटर एकाउन्ट पनि भयो ‘सस्पेन्ड’

  • Get News Alerts

बलिउड गायक अभिजित भट्टचार्यले गरेको विवादास्पद ट्वीटका कारण हालै उनको ट्वीटर एकाउन्ट ‘सस्पेन्ड’ भएको थियो। एकाउन्ट ‘सस्पेन्ड’ भएपछि उनले सोमबार नयाँ एकाउन्ट खोलेका थिए। तर, कम्पनीले उनको अर्को एकाउन्ट पनि ‘सस्पेन्ड’ गरिदिएको छ।
 
अभिजितले आफ्नो नयाँ एकाउन्टमा एक भिडियो पोस्ट गर्दै लेखेका थिए, ‘मानिसहरु मेरो आवाज दबाउने कोशिश गर्दैछन्। जो भारतीय सेनाकोविरुद्धमा बोल्ने कोशिश गर्छ, म उनीहरुको विरुद्धमा छु। यो मेरो नयाँ ट्वीटर एकाउन्ट हो। बन्दे मातरम्। म फिर्ता आएँ। राष्ट्रविरोधी मानिसहरु मेरो आवाज रोक्न सक्दैनन्। भारतीय सेनालाई सलाम। यो मेरो नयाँ एकाउन्ट हो, बाँकी सबै झुटा एकाउन्ट हुन्।’
 
तर, उनको यो एकाउन्ट पनि सस्पेन्ड भएको छ। 
 

प्रतिकृया दिनुहोस