सचिनको फिल्मले पहिलो सप्ताहन्तमा कमायो साढे ४४ करोड

  • Get News Alerts

सचिन तेन्दुलरको बायोग्राफिकल फिल्म ‘सचिन अ बिलियन ड्रिम्स’ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले रिलीज भएको पहिलो साताको अन्त्यमा ४४ करोड ४८ लाख रुपैयाँ कमाएको छ। फिल्मका सबै संस्करणले बक्स अफिसमा शुक्रबार, शनिबार र आइतबार क्रमशः १३ करोड ४४ लाख, १४ करोड ७२ लाख, १६ करोड ३२ लाख रुपैयाँ कमाएको हो।
 
तर, यो सबै गर्दा पनि हालसम्म सचिनले फिल्मका लागि लिएको पारिश्रमिक पनि उक्सेको छैन। उनले फिल्मका लागि करिब ६४ करोड रुपैयाँ लिएका थिए।
 
जेम्स एर्सकाइनको निर्देशनमा बनेको यो फिल्म हिन्दीबाहेक मराठी, तमिल, तेलेगु र अंग्रेजीमा रिलीज भएको हो। 
 

प्रतिकृया दिनुहोस