सन्तोष लामाको ‘कोही त बताइदेऊ’ सार्वजनिक (भिडियो)

  • Get News Alerts

सन्तोष लामाको स्वरमा नयाँ गीत ‘कोही त बताइदेऊ’ सार्वजनिक भएको छ। कृष्ण केसीको शब्द र हरि लम्सालको संगीतमा तयार गीत सन्तोषको चौंथो एल्बम ‘सहकार्य’ मा समावेश हुनेछ। यो एल्बम सार्वजनिक गर्ने तरखरमा रहेको सन्तोषले जानकारी दिए।
 
जीवन रसाइँलीको छायांकन, सम्पादन तथा निर्देशनमा तयार भएको भिडियोमा सुमन कँडेल, यमुना गैह्रेले अभिनय गरेका छन्।
 

प्रतिकृया दिनुहोस