छक्कापञ्जा सर्वाधिक २० विधामा मनोनित, गाजलु दोस्रो र लुट २ तेस्रो स्थानमा

  • Get News Alerts

डी सिने अवार्डको नवौं संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ। हेटौंडामा हुने अवार्डको मनोनयन सार्वजनिक गर्न शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरिएको थियो। 
 
असार २२ गते वितरण हुने अवार्डका लागि ०७३ मा प्रदर्शन भएका कुल ८६ मध्ये ५५ फिल्मले निवेदन दिएका थिए। जसमध्ये २९ विधाअन्तर्गत् उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो। ‘छक्कापञ्जा’ सर्वाधिक २० विधामा मनोनित भएको छ। यसपछि अनमोल केसी–सृष्टी श्रेष्ठ अभिनित ‘गाजलु’ले मनोनयनको १३ विधामा आफूलाई उभ्याएको छ। यसपछि निश्चल बस्नेत निर्देशित ‘लुट २’ ११ विधामा अटाएको छ।
 
त्यस्तै, जात्राले १०, पुरानो डुंगा नौ, निर्भय ६, जंगे, के म तिम्रो होइन र दर्पण छायाँ–२, वीरविक्रम र किस्मत–२ पाँच÷पाँच विधामा अटाएका छन्।
 
लप्पनछप्पन, द वीनर, लालजोडी र छायाँ चार÷चार विधामा परेका छन्। जय पर्शुराम, तीन घुम्ती, झुम्की, ब्रासलेट र म त तिम्रै हुँ तीन÷तीन विधामा अटाएका छन्। उमंग, सुन्तलीलाई भगाई लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई/दुई विधामा परेका छन्। एक विधाको मनोयन विधातर्फ चलचित्र द फेमस, विजुली मेसिन, डाइङ क्याण्डल, वृन्दावन, पलाँस, हाउ फन्नी, राधा, उहिलेको बाजेको पालामा समावेश भएका छन्।
 
अवार्डमा सहभागी भएका ५५ चलचित्रमध्ये ३४ वटाले मनोयनको उत्कृष्ट पाँचमा स्थान बनाएका छन्। 
 
१) उत्कृष्ट ५ एनिमेशन
 
१. मनोज श्रेष्ठ – लुट २
२. रुपक परियार/सागर गहतराज – लप्पन छप्पन
३. उज्ज्वल ढकाल – जंगे
४. मधुकर वलामी – द फेमश
५. अनन्त घिमिरे – द वीनर
 
२) उत्कृष्ट ५ ध्वनि मिश्रण
 
१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – गाजलु
५. रमेश भट्टराई – द वीनर 
 
३) उत्कृष्ट ५ पाश्र्व संगीत
 
१. किरण तुलाधर – तीन घुम्ती
२. शैलेश श्रेष्ठ – गाजलु
३. रोहित शाक्य/शैलेश श्रेष्ठ – जात्रा
४. एलीस कार्की – के म तिम्रो होइन र
५. सुजील कर्माचार्य – छक्का पञ्जा
 
४) उत्कृष्ट ५ केमियो
 
१. निश्चल बस्नेत – लुट २
२. निश्चल बस्नेत – लप्पन छप्पन
३. उत्तम प्रधान – दर्पण छाया“ २
४. श्याम अर्याल – लालजोडी
५. राजेश हमाल – विजुली मेसिन
 
५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
 
१. एन.बी महर्जन – जय पर्शुराम
२. राजकुमार उप्रेति – लुट–२
३. हिमाल केसी – निर्भय
४. सम्राट बस्नेत – जंगे
५. चन्द्र पन्त – नमस्ते नेपाल
 
६) उत्कृष्ट ५ बाल–कलाकार
 
१. साइब्रत आचार्य – छायाँ
२. प्रविना खतिवडा – छायाँ
३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४. नवीन भुजेल – उमंग
५. रंञ्जन डाँगी – वृन्दावन
 
७) उत्कृष्ट ५ हास्यकलाकार
 
१. केदार घिमिरे – छक्का पञ्जा
२. बुद्धि तामाङ – छक्का पञ्जा
३. रविन्द्र झा – जात्रा
४. गोपाल ढकाल – नमस्ते नेपाल
५. ज्योति काफ्ले – लालजोडी
 
८) उत्कृष्ट ५ खलपात्र
 
१ दीपकराज गिरी – छक्का पञ्जा
२ बिकाश चापागाईं – निर्भय
३ कामेश्वर चौरशिया – पलास
४ अर्पण थापा – बीर बिक्रम
५ शिशिर भण्डारी–सुन्तलीलाई भगाई लग्यो झिल्केले
 
९) उत्कृष्ट ५ नृत्य निर्देशक
 
१ कविराज गहतराज– म त तिम्रै हुँ..., म त तिम्रै हुं
२ कविराज गहतराज – पूर्ब पश्चिम रेल..., छक्का पञ्जा
३ बसन्त श्रेष्ठ– सोझै हो..., जय पर्शुराम
४ बिक्रम स्वांर – ठमेल बजार..., लुट–२
५ गोविन्द राई– लेकै जाने...ब्रासलेट
 
१०) उत्कृष्ट ५ गीतकार
 
१. अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत–२
२ कालीप्र बासकोटा– डु“गा चलाउने माझी.. पुरानो डु“गा
३ लक्ष्मण सुवेदी – घिटी घिटी...लालजोडी 
४ आकाश अधिकारी – पागल..., के म तिम्रो होईन र
५ एक नारायण भण्डारी –  यता सिउँदा उता.., बाजिगर
 
११) उत्कृष्ट ५ गायिका
 
१. अञ्जु पन्त –– पूर्व पश्चिम – छक्का पञ्जा
२. मिना निरौला – ठमेल बजार – लुट २
३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५. मिलन अमात्य – आँखालाई के दोष ... – राधा
 
१२) उत्कृष्ट ५ गायक
 
१. कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२. राजेश पायल राई – आकाशैमा – दर्पणछाया“ २
३. काली प्र. बासकोटा – नीरा जैले रिसाउनी – काली
४. युवराज चौलागाईं – मेरो जिन्दगीमा – ब्रासलेट
५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम
 
१३) उत्कृष्ट ५ संगीतकार
 
१ अर्जुन पोखरेल – उनी आकाशबाट...,किस्मत–२
२ राजनराज शिवाकोटी – पूर्व पश्चिम...,छक्का पञ्जा
३ दीपक शर्मा – देखन चम्पा..., छक्का पञ्जा
४ कालि प्र. बासकोटा– ठमेल बजार...लुट–२
५ कालि प्र. बासकोटा– जहिले रिसाउनी ...पुरानो डुंगा
 
१४) उत्कृष्ट ५ संवाद
 
१ दीपकराज गिरी – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ लक्ष्मण सुवेदी – लालजोडी
४ हेमराज बिसी – गाजलु
५ देब नेपाल – मेरो देश
 
१५) उत्कृष्ट ५ पटकथा
 
१ रामबाबु गुरुङ – पुरानो डुंगा
२ निश्चल बस्नेत– लुट–२
३ प्रदीप भट्टराई – जात्रा
४ दीपकराज गिरी– छक्का पञ्जा
५ हेमराज बिसी – गाजलु
 
१६) उत्कृष्ट ५ कथा
 
१. उदय सापकोटा सुरेन – मेरो देश
२.रामबाबु गुरुङ – पुरानो डुंगा 
३. प्रदिप भट्टराई – जात्रा
४. मनोज पण्डित – छायाँ
५. हेमराज विसी – गाजलु
 
१७) उत्कृष्ट ५ नव–नायिका
 
१ मरिष्का पोखरेल – के म तिम्रो होईनर 
२ श्रृष्टी श्रेष्ठ – गाजलु 
३ दीया पुन – वीर बिक्रम 
४ एलिशा राई – लुट–२
५ सहारा कार्की – दर्पणछायाँ–२
 
१८) उत्कृष्ट ५ नव–अभिनेता
 
१ आर्यन अधिकारी – के म तिम्रो हैन र 
२ महेशमान श्रेष्ठ – द विनर
३ पृथ्बीराज प्रसाई – किस्मत–२
४ आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५ सुगम गुरागाई – ब्रासलेट 
 
१९) उत्कृष्ट ५ नव–निर्देशक
 
१. दीपाश्री निरौला – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा 
३ हिक्मत बिष्ट – द वीनर
४ उत्कल थापा – जंगे
५ अपिल बिष्ट – झुम्की 
 
२०) उत्कृष्ट ५ चरित्रअभिनेत्री 
 
१ बसुन्धरा भुषाल – छक्का पञ्जा
२ गौरी मल्ल – गाजलु
३ गौरी मल्ल – के म तिम्रो हैन र 
४ अरुणा कार्की – छायाँ
५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले 
 
२१) उत्कृष्ट ५ चरित्र अभिनेता 
 
१ सरोज खनाल – दर्पण छायाँ–२
२ प्रकाश घिमिरे – जात्रा
३ शिशिर राणा – वीरविक्रम
४ नवीन श्रेष्ठ – उहिले बाजेको पालामा
५ अमितेष शाह – बाजिगर
 
२२) उत्कृष्ट ५ सह–अभिनेत्री
 
१ बर्षा राउत – छक्का पञ्जा
२ सुस्मिता केसी – म त तिम्रै हुँ
३ मलिना जोशी – झुम्की
४ मेनुका प्रधान – गाजलु
५ श्रद्धा प्रसाई – दर्पण छायाँ–२
 
२३) उत्कृष्ट ५ सह–अभिनेता
 
१ कर्मा – लुकामारी
२ जीतु नेपाल – छक्का पञ्जा
३ सलोन बस्नेत – गाजलु
४ सुशान्त कार्की – तीन घुम्ती 
५ रामबाबु रेग्मी – उमंग
 
२४) उत्कृष्ट ५ सम्पादक
 
१ सुरेन्द्र पौडेल – लप्पन छप्पन
२ सुरेन्द्र पौडेल – गाजलु 
३ बिपिन मल्ल – छक्का पञ्जा
४ बनिश शाह/भूपेन्द्र अधिकारी– निर्भय
५ उज्ज्वल ढकाल – जंगे 
 
२५) उत्कृष्ट ५ छायाँकार
 
१ पुरुषोत्तम प्रधान – छक्का पञ्जा 
२ पुरुषोत्तम प्रधान – लप्पन छप्पन 
३ शैलेन्द्रध्वज कार्की – गाजलु 
४ सुशन प्रजापति – जंगे 
५ रामशरण उप्रेती – निर्भय 
 
२६) उत्कृष्ट ५ अभिनेत्री
 
१ प्रियंका कार्की – छक्का पञ्जा
२ मेनुका प्रधान – पुरानो डुंगा
३ रिश्मा गुरुङ – झुम्की 
४ गरिमा पन्त – तीन घुम्ती
५ शिल्पा पोखरेल – किस्मत–२ 
 
२७) उत्कृष्ट ५ अभिनेता
 
१ दयाहाङ राई – वीर विक्रम
२ विपिन कार्की – जात्रा 
३ माओत्से गुरुङ – पुरानो डुंगा
४ निखिल उप्रेती – निर्भय 
५ सौगात मल्ल – लुकामारी 
 
२८) उत्कृष्ट ५ निर्देशक
 
१ हेमराज बिसी – गाजलु
२ निश्चल बस्नेत – लुट–२
३ रामबाबु गुरुङ – पुरानो डुंगा
४ मिलन चाम्स – बीर बिक्रम
५ मधुसुधन भट्टराई – निर्मय 
 
२९) उत्कृष्ट ५ फिल्म
 
१ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३ गाजलु – रोहित अधिकारी फिल्मस्/विसी मोसन पिक्चर्स
४ लुट–२ – प्रिन्सेस मुभी/ल्व्याक हर्स पिक्चर्स
५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माबोत्से गुरुङ फिल्मस् 
 

प्रतिकृया दिनुहोस