लाल्टिनले ल्यायो ह्विस्की (भिडियो)

  • Get News Alerts

फिल्म 'लाल्टिन' को 'ह्विस्की' बोलको गीत सार्वजनिक भएको छ। विनोद ढकाल र किरण माइकलको संयुक्त शब्द संगीतमा सोमिया बराइली र लेखक तथा संगीतकारद्वय ढकाल र माइकलको स्वर सुन्न सकिन्छ।

भिडियोमा निर्जन थापा र प्रियंका कार्कीलाई देख्न सकिन्छ। देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा निर्जन र प्रियंकाका अलावा दयाहाङ राई,राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुनजंग शाही, शिशिर भण्डारी, ए.गुरुङ‍लगायतले अभिनय गरेका छन्। भानु प्रतापको प्रस्तुतिमा बनेको फिल्म जेठ २६ मा रिलिज हुनेछ।

 

प्रतिकृया दिनुहोस