निश्चल बस्नेतको ‘२ रुपैयाँ’ लुक्स, नाम हुनेछ, ‘जुरेली’

  • Get News Alerts

लुटबाट हिट निर्देशकको परिचय बनाए पनि यो पाँच वर्षमा उनको परिचय फराकिलो भइसकेको छ। उनी गायक हुन्, लेखक हुन्, नाच्छन् पनि र अभिनय पनि गर्छन्। कबड्डीबाट उनी अभिनेताकै रुपमा पनि स्थापित भए। उमा, टलकजंग भर्सेस टुल्के, कबड्डी कबड्डीलगायत फिल्ममा टुक्राटाक्री अभिनय गरेका उनी कबड्डीपछि मुख्य भूमिकामै देखिँदैछन्। 
 
करिब १० वर्षदेखि विज्ञापन निर्देशनमा सक्रिय असीम शाहको निर्देशनमा बन्दै गरेको फिल्म ‘२ रुपैयाँ’ मा उनी ‘जुरेली’ को भूमिकामा देखिन लागेको सार्वजनिक भएको छ। उनले आफ्नो फेसबुकमार्फत् फिल्मको फस्ट लुक सार्वजनिक गरेका छन्।
 
त्यस्तै अर्का अभिनेता तथा फिल्म निर्देशक आशीफ शाहको पनि फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। उनी यसमा दाह्रीको चरित्रमा देखिन लागेको पोस्टरबाट थाहा हुन्छ।

प्रतिकृया दिनुहोस