चुनावको प्रारम्भिक परिणाम देखेर नाच्ने र रुनेहरुले राजनीति नबुझेकै हो?: रेखा थापा

  • Get News Alerts

मतगणनाको सुस्त गतिलाई लिएर सामाजिक सञ्जालमा अनेक व्यंग्य/टिप्पणी आइरहेका छन्। कतिले यसलाई हाँसोको विषय बनाएका छन्। प्रारम्भिक मत परिणामको आधारमा हारजितको अड्कल काट्दै कम मत ल्याइरहेका पार्टीहरुमाथि व्यंग्य गर्नेहरुको संख्या पनि उत्तिकै छ। अभिनेत्री तथा राप्रपाकी केन्दीय सदस्य रेखा थापाले भने सामाजिक सञ्जालमा आइरहेका यस्ता व्यंग्य तथा टिप्पणीको आलोचना गरेकी छन्। 
 
प्रारम्भिक मतपरिणामअनुसार रेखाको पार्टी काठमाडौं महानगरपालिकाको उपमेयरका लागि नेपाली कांग्रेससँग प्रतिष्पर्धा गरिरहेको छ। पहिले उपमेयरका लागि रेखालाई राप्रपाले टिकट दिने चर्चा चलेको थियो। तर, रेखाले पाइनन्। राप्रपाले नेकपा एमालेसँग गठबन्धन ग¥यो। तर, प्रारम्भिक मत परिणामअनुसार एमाले–राप्रपा गठबन्धनले राप्रपालाई उति फाइदा भएको देखिँदैन। 
 
प्रारम्भिक मत परिणामलाई लिएर गरिएका टिप्पणी दिनेलाई रेखाले यस्तो जवाफ दिएकी छन्ः

मलाई लागेको कुरा-

सामाजिक सञ्जालमा जुन प्रकारले चुनावी परिणाम आएको छ, यसमा कसैले आत्तिनुपर्ने र मात्तिनुपर्ने स्थिति छ जस्तो विल्कुल लागेको छैन। 

पछिल्लो राजनीतिक अवस्थालाई प्रारम्भिक चरणको रुपमा लिन जरुरी छ। हरेक अवस्था भनौं वा व्यक्ति अभ्यासको शल्यक्रियामा छानिँदैछन्।

अब रह्यो, चुनावको परिणाम। चुनावको परिणाम देखेर नाच्ने र रुनेहरुले राजनीति नबुझेकै हो कि भन्ने लागेको छ। सायद म कम जान्ने भएर पनि होला। 

एउटा विश्लेषणको आधारलाई गहन भएर भन्ने हो भने, हार्दा नेपाली हार्ने र जित्दा नेपाली जित्ने भावनाको विकास हुने दिनको पर्खाईमा मजस्ता व्यक्तिहरु छन् भन्ने कुरामा दुई मत खासै नरहला।

बिम्बात्मक तथा व्यङ्यात्मक कोणबाट सामाजिक सञ्जाललाई कुरुप बनाउने जोसुकैको कार्यप्रति मेरो सहमति छैन। सद्भाव रहने गरी खुसी हुने र लोकतन्त्रको अभ्यासका रुपमा आफूलाई परिस्कृत गर्ने समय हो।

त्यसैले सामाजिक सञ्जालको दुरपयोग भन्दा पनि सदुपयोग गर्नुपर्ने आजको खाँचो होजस्तो लाग्छ। मैले एकपल्ट भनेकी थिएँ, प्रतिष्पर्धामा जित्ने र सिक्ने काम हुन्छ। हार्ने काम हुँदैन। आफ्ना ती हुन्, जसले आकाशमा उड्न दिँदैनन्।

आजलाई यति!

 

प्रतिकृया दिनुहोस