‘राज्जा रानी’ बनेका केकी–नाजिरको फिल्मको रिलिज मिति तय

  • Get News Alerts

फिल्म ‘राज्जा रानी’ को रिलिज मिति तय भएको छ। केकी अधिकारी र नाजिर हुसेन अभिनित फिल्मको वितरक कम्पनी एफडीसँग वितरण सम्झौता भएपछि पुष २८ लाई रिलिज मिति तोकेका छन्। 
 
कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र रानीजस्ता फिल्मका लेखक यम थापाको पहिलो निर्देशन राज्जा रानीमा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया मुख्य भूमिकामा देखिनेछन्। 
 
फिल्मले पश्चिम तराईको सानो जनजाति समुदायको कथा पेश गर्छ। लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्यलगायत अभिनित फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र विक्रम स्वाँरको नृत्य निर्देशन रहेको छ।
 

प्रतिकृया दिनुहोस