जसको शव चिहानबाट चोरियो

  • Get News Alerts

चार्ली चाप्लिन अभिनय र हाँस्य कलामा एक अमर नाम हो। उनी २०औं शताब्दीका लोकप्रिय कलाकार हुन्।

आज अप्रिल १६ अर्थात् चार्ली चाप्लिनको जन्मदिन। आजभन्दा एक सय २८ वर्षअघि लण्डनको एक सामान्य परिवारमा चार्लीको जन्म भएको थियो। उनको बाल्यकाल साह्रै दुःख र अभावमा बितेको थियो। उनका बुवा जड्याँहा र सन्काहा थिए। पछि उनकी आमा पागल बनिन्। सात वर्षको उमेरमा चार्ली एक आश्रमको शरणमा पुगेका थिए।

उनले स्कुलको पढाइ पुरा गर्न पाएनन्। १३ वर्षको उमेरमा उनी मनोरञ्जनको दुनियाँमा छिरे, बाँच्नका लागि। त्यसपछि उनी नृत्यका साथै स्टेच कार्यक्रम पनि गर्थे। केही समयपछि  १९ वर्षको हुँदा उनी अमेरिकाको फिल्म स्टुडियोको लागि छानिए। त्यसपछि चार्लीले कहिल्यै पछाडि फर्कनु परेन।

सन् १९४० मा जर्मन शासक हिटलरमाथि फिल्म बनाए, ‘द ग्रेट डिक्टेटर।’ यो फिल्म उनी हिटलर बनेका थिए र उनको मजाक उडाएका थिए। सन्  १९७३ मा चार्लीले ओस्कार अवार्ड पाएका थिए त्यो पनि फिल्म रिलिज भएको २१ वर्षपछि। उनको फिल्म ‘लाइमलाइट’ लस एन्जलसमा सन् १९७२ पछि मात्र रिलिज भएकाले उनलाई १९७३ मा ओस्कार दिइएको थियो।

सन् १९७५ मा बेलायतकी महारानी एलिजावेथ द्वितीयले उनलाई नाइटको उपाधि दिएकी थिइन्। ८८ वर्षको उमेरमा सन् १९७७ को क्रिसमसको दिन चार्लीको निधन भएको थियो।

तीन महिनापछि चार्लीको शव चिहानबाट चोरी भएको थियो। चोरहरुले शव फिर्ता गर्न पैसा मागेका थिए। ११ हप्तापछि प्रहरीले उनको शव चोर्नेलाई पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस