वेस्ट सेलर उपन्यास 'समर लभ' वैशाखबाट फ्लोरमा, फिल्ममा यी बन्ने भए अतित र साया

  • Get News Alerts

अन्तत: युवा लेखक सुविन भट्टराई चर्चित बेस्ट सेलर उपन्यासमा आधारित फिल्म 'समर लभ' फ्लोरमा जाने पक्का भएको छ। राजधानीमा आइतबार एक कार्यक्रममा बिच निर्माण पक्षले फिल्मका मुख्य दुई पात्र अतित तथा सायाका रूपमा आशिष पिया तथा रेवती क्षेत्रीलाई सार्वजनिक गरेपछि फिल्म बन्ने पक्का भएको हो।

फिल्म बनाउने चर्चा २ वर्षदेखि चलेको भए पनि फिल्मका मुख्य पात्रका लागि उपयूक्त कलाकार नभेटिएपछि फिल्म फ्लोरमा जान सकेको थिएन।

सुविनले निर्देशक मुस्कान ढकालमाथी विस्वस्त भएकाले फिल्म निर्माणको अधिकार दिएको बताए। उपन्यासलाई पटकथाकार भने सामिप्यराज तिमल्सेनाले हुन्।


केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिष तथा रेवतीले यसै फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्नेछन्।


 रेवती नेपाली मूलकी भारतीय हुन्। भारतीय ग्ल्यामरको दुनियाँमा रेवतीले आफ्नो बेग्लै परिचय बनाएकी छन्। उनी २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवती हुन्। उनले यसअघि  'ग्याङ्ग अफ नर्थवेस्ट' नामको भारतीय फिल्म गरिसकेकी छिन् भने 'खातुन' नामक अर्को एक फिल्ममा पनि गर्दैछिन् ।

फिल्मको संवाद सुविनले र सामिप्यराज तिमिल्सेनाले संयूक्तरूपमा लेखेका हुन्। फिल्ममा भने पुष्पन प्रधानक रहनेछ।  नाइटिंगेल ईन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा कार्यकारी निर्माता विनोद अधिकारी रहेका छन् भने भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिक फिल्मका निर्माता हुन्।

काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिनेछ। वैशाखको दोश्रो साताबाट फिल्म फ्लोरमा जानेछ।

प्रतिकृया दिनुहोस