नयाँ वर्षमा 'कुटुम्ब' अस्ट्रेलियामा, ५ शहरमा नेपाली लोक धुन सुनाउने

  • Get News Alerts

नेपाली मौलिक बाजाहरूको प्रस्तुतिका लागि चर्चित सांगीतिक समूह 'कुटुम्ब'ले नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका नेपाली दर्शक-श्रोता समक्ष आफ्नो प्रस्तुति दिने भएको छ।

'कुटिम्ब' अस्ट्रेलियाका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिनेछ। 'कुटम्ब'ले मार्च २५ मा एडिलेड शहरमा हुने नेपाल फेस्टिवलमा पहिलो प्रस्तुति दिनेछ। ५ शहरमा हुने यस सांगीतिक यात्रा अन्तरगत दोस्रो प्रस्तुति २६ मार्चमा मेल्वर्नमा हुनेछ भने अप्रिल १ को पर्थ कार्यक्रमपछि १३ मा विर्जबेनमा नयाँ वर्षको साँझ मनाउने छ।  कुटुम्बले १५ अप्रिलमा सिड्नी आफ्नो यात्राको अन्तिम प्रस्तुति दिनेछ ।

'कुटुम्ब'को सांगीतिक यात्रामा अस्ट्रेलियामा बस्दै आएका नेपाली कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिने बताइएको छ।

प्रतिकृया दिनुहोस