चैत ११ मा रिलिज हुने 'निर्भय'मा यस्तो देखिए निखिल

  • Get News Alerts

एक्शन किङ निखिल उप्रेती स्टारर फिल्म 'निर्भय' माघ २८ गते रिलिज मितिमा परिवर्तन भएको छ। फिल्म आगामी चैत्र ११ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

माघ महिनामा नै निखिलकै 'किङ' रिलिज हुने भएपछि पर्दामा केहि समयको अन्तर आवश्यकता महशुस गर्दे 'निर्भय'को रिलिज सारिएको निर्देशक मधुसुदन भट्टराईले बताए। नयाँ रिलिज मितिसँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ।

प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन्। निखिल र नीतासँगै फिल्ममा विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल,  प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत 'निर्भय'मा अभिनयमा छन्।

 

प्रतिकृया दिनुहोस