२५ लागे 'होस्टल रिटर्न्स'का 'रामेश्वर' उर्फ नाजिर

  • Get News Alerts

'पुन्टे परेड'मा 'हेल्मेट गाइ' बन्दै 'होस्टल रिटन्स'मा 'रामेश्वर' बनेर चर्चा बटुलेका अभिनेता नाजिर हुसौन आज बाट २५ वर्ष लागेका छन्।

उनी अभिनित 'गाँठो' आगामी साता रिलिज हुँदैछ। फिल्ममा उनी 'बाएपोलार डिसअर्डर' भएका पात्रको भूमिकामा देखिदैंछन्। स्वाभिवक अभिनयको परिचय बनाएका नाजिर पछिल्लो समय नेपाली फिल्ममा पनि माग भएका अभिनेता बनिरहेका छन्।

नाजिर बारा डुमरवाना स्याउली चोकका बासिन्दा हुन्। मण्डला थिएटर ग्रुपसँग आबद्ध छन् भने उनले 'बुद्ध बानी' नाटकमा मूख्य भूमिका निभाउँदै नाट्य यात्रा सुरू गरेका थिए। उनी 'माथा पञ्चर', 'ब्ल्याक स्वान' तथा 'बेतर्नी क्याफे' नाटकका लागि चर्चित रहेका छन्।

पछिल्लो पटक उनले अभिनय गरेको' विर विक्रम' फिल्म हाल हलहरूमा लागिरहेको छ।  

प्रतिकृया दिनुहोस