'पशुपति प्रसाद' निर्देशक निर्देशित 'चपली हाइट २'को ट्रेलर रिलिज

  • Get News Alerts

'चपली हाईट २' को अफिसियल ट्रेलर रिलिज भएको छ। बिहिबार एक कार्यक्रमका बिच ट्रेलर रिलिज गरिएको हो।

दिपेन्द्र के खनाल निर्देशित रहेको रोमान्टिक थ्रिलर फिल्ममा आयुष्मान देशराज, मरिष्का श्रेष्ठ, परमिता रानाले मुख्य भूमिकामा अभिनय गरेका छन्।

कार्यक्रममा बोल्दै निर्देशक खनालले कुरा भन्दा पनि आफु काममा विश्वास गर्ने मान्छे भन्दै सबै कुरा ट्रेलरले बोलेको दाबी गरे।

खनालको गत वर्ष रिलिज भएको 'पशुपति प्रसाद'बाट थयप्रै प्रशंसा बटुलेका थिए। उनले यस फिल्मले पनि दर्शकहरूको मन जित्ने बताए।

आयुष्मान तथा परमिताले यसै फिल्मबाट डेब्यू गर्दै छन्। भदौ ३ मा रिलिज हुने फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्।

प्रतिकृया दिनुहोस