'वडा नम्बर ६' युट्युवमा पनि उस्तै हिट !

  • Get News Alerts

गत वर्ष रिलिज भएको उज्वल घिमिरे निर्देशित 'वडा नम्बर ६' युट्युवमा पनि हिट दरिएको छ। युट्युवमा अपलोड भएको २४ घण्टामा फिल्म चार लाख पटक हेरि सकिएको छ। यस अघि कुनै पनि नेपाली फिल्मले यस्तो आँकाडा पार नगरेको बताइन्छ।

 यस फिल्मको 'सुर्के थैली' बोलको गीत पनि युट्युवमा भाइरल बनेको थियो। उक्त गीतलाई हालसम्म ७६ लाख पटक हेरिएको छ जून नेपाली गीतका हिसाबले सबैभन्दा बढि र कीर्तिमानी हो।

अधिकांश टेलिभिजनका चर्चित हास्य कलाकारहरूले अभिनय गरेका छन्। फिल्ममा दिपक राज गिरी दीपाश्री निरौला, जितु नेपाल, प्रियंका कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राई आदिको अभिनय रहेको छ।

 

 

'वडा नम्बर ६' निर्माण गरेको समूहले निर्माण गरेको तेस्रो फिल्म '६क्का पञ्जा' भदौ २४ गते रिलिज हुँदैछ। फिल्मबाट दिपाश्री निरौला निर्देशकका रूपमा डेब्यू गर्दैछिन्।

प्रतिकृया दिनुहोस