‘क्याराभान’ का नायक थिन्ले रहेनन्

  • Get News Alerts

चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप को निधन भएको छ। माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको आइतबार निधन भएको हो। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनय बाट चर्चित बनेका हुन्। यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन्।

माथिल्लो डोल्पामा जन्मेका ठिन्ले पछिल्लो समय उनी केही म्यूजिक भिडियोमा देखा परेका थिए। चलचित्रमा देखिनुपूर्व उनी साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भै काम गरेका थिए।

पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका ठिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरिरहेका थिए।

डोल्पाको चाबाङ जाँदा दुनैबाट ४-५ घन्टाको बाटोमा पर्ने खेत्कामा उनको निधन भएको पारिवारिक स्रोतले सेतोपाटीलाई बतायो।

थप जानकारी आउन बाँकी छ।

प्रतिकृया दिनुहोस