'हाम्रो मुभी डटकम' बाट अब सजिलै नेपाली फिल्म हेर्न सकिने

  • Get News Alerts

हाम्रो मुभी डटकम वेबसाइटबाट अब सहजरुपमा नेपाली फिल्महरु हेर्न सकिने भएको छ। विदेशमा रहेका नेपाली चलचित्र प्रेमी दर्शकलाई लक्षित गरी ल्याइएको यो वेबसाइटमा युट्युबमा नपाइने नयाँ नेपाली फिल्महरु उपलब्ध हुनाले यसप्रति दर्शकको मोह बढ्दै गएको विधि प्रालीका प्रमुख सुवास सापकोटाले जानकारी दिएका छन्  ।

हाइलाइट्स नेपालसँगको सहकार्यमा विधि प्रा.लिले डेढ महिना अघि निश्चित रकम तिरेर इन्टरनेटमार्फत नै नयाँ नेपाली सिनेमा हेर्न सकिने व्यवस्था सुरु गरेको थियो । एक महिनामा नै करीब डेढ लाख पटक हाम्रो मुभी डटकम भिजिट गरिएको पनि सापकोटा बताउँछन् । त्यी मध्ये १८ हजार भन्दा बढी दर्शकले यसमा खाता खोलेको पनि उनले बताए ।

हाम्रो मुभी डटकमले फिल्म किनेर हेर्ने प्रक्रियालाई थप सहज बनाएको छ । विदेशमा रहेका दर्शकहरुको प्रतिक्रियालाई मध्यनजर गर्दै यसै सातादेखि डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डमार्फत पनि सिनेमा किनेर हेर्न सकिने व्यवस्था मिलाइएको सापकोटाले जानकारी दिएका छन् । 'वेबसाईट भिजिटरको संख्या नेपालमा पनि उत्साहजनक रुपमा बढेकाले छिट्टै नै SCT NPAY र esewa मार्फत पनि हाम्रो मुभी डटकमको ग्राहक बन्न सक्ने सुविधा थप गर्ने हाम्रो योजना छ,' सापकोटाले भने।

अब मासिक चार वटा नयाँ फिल्म वेबसाईटमा राखिने र ५ वा १० डलर (५ सय र १ हजार रुपैँया) मासिक प्याकेज दिने तयारी भएको सापकोटाले बताएका छन् । 'यो योजना लागू भएपछि मासिक ५ डलर तिर्ने ग्राहकले विज्ञापनसहितको लिमिटेड एचडी नेपाली फिल्म र मासिक १० डलर तिर्ने ग्राहकले वेबसाइटमा राखिएका विज्ञापनरहित फुल एचडी फिल्म हेर्न सक्नेछन्,' उनले भने। 

अहिले हाम्रो मुभी डटकममा युट्युबमा नराखिएका १० भन्दा बढी नेपाली फिल्म राखिएका छन् । बिस्तारै राम्रा टेलिश्रृंखला र कार्यक्रमहरु पनि हाम्रो मुभी डटकममा राख्ने तयारी गरिरहेको र यसले नेपालको राजश्व वृद्धि गर्नमा सघाउ पुर्याउनुका साथै नेपाली सिनेक्षेत्रको विकासमा पनि सहयोग गर्ने विधि प्रा.लिको विश्वास भएको सापकोटाले बताए। 

हाम्रो मुभी डटकममा जान यहाँ क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस