'ग्लुमी गाइज'को नयाँ गीत 'यो आँखाले देखेको' गीत यस्तो छ (भिडियो)

  • Get News Alerts

सन् ५० दशकलाई नेपाली पपगीतको सुनौलो दशक मानिन्छ। यहि दशकमा थुप्रै पप गायक र पप व्यान्डहरु जन्मिए। यहि दशकमा उदाएको एउटा लोकप्रिय ब्यान्ड हो 'ग्लुमी गाइज'। 'आकाशैमा चिल उड्यो फनन' बोलको गीतबाट युवापुस्तामा चर्चित रहेको ब्यान्ड पाँचौ एल्बमसम्म आइपुगेपछि विविध कारणले हरायो। व्यान्डका लिड भोकलिस्ट रहेका हरि कर्माचार्यले केहि समय अगाडी 'ग्लुमी गाइज ब्याक अगेन' एल्बम निकालेर व्यान्डको नामलाई निरन्तरता दिए।

समयसँग छिन्नविन्न भएको त्यही व्यान्डका अर्का भोकलिस्ट मित्र दास भोछिभयाले 'ग्लुमी ब्यान्ड'को ब्रान्डलाई नै अघि सार्दै नयाँ गीत रिलिज गरेका छन्। मित्रले 'यो आँखाले देखेको' बोलको गीत गतसाता यूट्यूबबाट सार्वजनिक गरेका हुन्। गीतमा स्वरसँगै शब्द र संगीत पनि उनको आफ्नै रहेको छ। गीतमा उनले र्‍याप पनि समेटेका छण्। गीतमा सिआरएन पिएस ब्वाइजले र्‍याप गाएका हुन्।

लोक-पप गीतलाई आफ्नो परिचय बनाएको 'ग्लुमी गाइज'का 'आकाशैमा चिल उड्यो फनन' सहित पिरतीको तालमा, मायाको डोरीले तिमीलाई बाँधुला, दार्जलिङ्को रेल'मा लगयातका गीतहरु चर्चित छन्। 

 

प्रतिकृया दिनुहोस