यस्तो देखियो ‘क्लासिक’को फस्ट लुकमा आर्यन-नम्रताको जोडी
सेतोपाटी, काठमाडौं, मंसिर १० print
नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले जोडी बाँधेको 'क्लासिक'को फस्ट लुक सार्वजनिक भएको छ। फिल्म निर्माण पक्षले फिल्मको चार वटा पोस्टर रिलिज गर्दै फिल्मको औपचारिक प्रचार शुरु गरेको हो।
माघ २९ लाई रिलिज मिति घोषणा गरेको फिल्म हाल छायाँकन तथा प्रोडक्सनको काम एकसाथ भइरहेको छ।
दिनेश राउतको निर्देशन रहेको फिल्मको दुईवटा गीतको छायाँकन गर्न बाँकी रहेको छ। निर्माता सुवास गिरी भने–‘हामीले अहिलेसम्म कुनै पनि तस्बिर सार्वजनिक नगरेर चलचित्रलाई दर्शकलाई उत्सुकतामा राखेका छौ । फस्ट लुकबाट चलचित्रको बारेमा दर्शकले केही जानकारी पाउनुहुनेछ ।’
राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राई को कोरियोग्राफी, छेतन गुरुङको लेखन चलचित्रमा छ । म्यूजिकल लभस्टोरी कथा रहेको फिल्ममा आर्यन तथा नम्रताका अलावा सुशिल काफ्ले, प्रज्वल गिरी, समुना केसी, रोमी घिमिरे लगायतको अभिनय रहेको छ।
प्रकाशित मिति:
बिहीबार, मंसिर १०, २०७२ १३:०३:२०
प्रतिकृया दिनुहोस
-
बच्चालाई खुसी पार्नुछ? किताब उपहार दिनु
बलराम अधिकारी - ‘के कुरा?’ ‘बाँदरले पनि हाम्रोजस्तै घर बनाउँछ नि।’ उसले त समाजबाट बाँदरले घर भत्काउँछ भन्ने सुनेको हुन्छ। त्यसैले ऊ भन्छ, ‘हैन, बाँदरले घर भत्काउँछ।’ ‘हैन, बाँदरले पनि घर बनाउँछ’ भन्दै म कथा सुरु गर्छु। ऊ झन् टाठो भएर कथा सुन्दै जान्छ। त्यो कथा सकिएपछि ऊ भन्छ, ‘अरु कथा पनि सुनाउनुस् न।’
-
कविता भेटियो
पुस्तक समीक्षा- सगरमाथाको गहिराइ
राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।
-
रमोन साम्प्रेदोको समुद्रभित्र
फिल्म अनुभूति
शिरीष - यी सब प्रश्नहरुका जङ्गलबाट एउटा स्पष्ट उत्तर फेला पारेँ, बाँच्नु जती क्रान्तिमय हुन्छ, त्यति नै कहिलेकाहिँ मृत्यु पनि आफैंविरुद्धको क्रान्तिको लागि सबल पक्ष हुँदो रहेछ। साम्प्रेदोको संवादले यसरी हिर्काउँछ, जसरी एउटा रहस्यमय कविताले अनौठा–अनौठा प्रश्न जन्माउँछ। जस्तो कि, उनी भन्छन्, ‘जब तिमीले उम्किने मौका पाउँदैनौ र सधैँजसो अरुमाथि भर पर्छौ तब तिमी मुस्कुराउँदै रुन थाल्छौ।’ म यसरी नै संवादहरुमा हराउँदा–हराउँदै साम्प्रेदोको समुद्रभित्र पुगिसकेको रहेछु।