निखिल र सौगात एउटै फिल्ममा

  • Get News Alerts

फरकधारका भनिने फिल्मका स्टार सौगात मल्ल र सिगल स्क्रिनका स्टार निखिल उप्रेती एउटै फिल्ममा देखिने भएका छन्। नरेन्द्र महर्जन तथा फिल्म वितरण कम्पनी एफ डी सम्बद्धहरुको लगानी रहने फिल्मलाई नयाँ निर्देशक पुर्णेन्दु झा 'चन्दु'ले निर्देशन गर्नेछन्। झाले सेतोपाटीसँग कुरा गर्दै फिल्म फ्लोरमा जाने अन्तिम चरणमा रहेको बताए। उनी ओस्कार फिल्म कलेजका पहिलो ब्याचका विद्यार्थी हुन्।

'संरक्षण' नाम रहेको पोलिटिक्ल ड्रामा थ्रिलर फिल्म तराईको राजनीतिमा केन्द्रित रहनेछ। फिल्ममा निखिल उप्रेती प्रहरी अधिकारीको भूमिकामा देखिने छन् भने सौगात थारू प्रहरीको भूमिकामा रहनेछन्। फिल्मका लागि प्रमोद अग्रहरि र पूर्व मिस नेपाल मलिना जोशी पनि अनुवन्धित भइसकेका छन्। निखिलले फिल्ममा अहिले गरिरहेको भन्दा फरक किसिमको प्रहरीका रुपमा देखिने बताए। उनले भने, 'दर्शकहरुले 'भैरव' देखेको भन्दा किसिमको प्रहरीको भूमिकामा पाउनुहुनेछ।'

चन्दुका अनुसार फिल्मको ७५% छाँयाकंन तराईमा भएको र हाल चलिरहेको बन्द हडतालका कारण छाँयाकंनमा जान ढिला भएको बताए। त्यस्तै फरक धार र मुल धारको बहसका बिच दुबै निखिल उप्रेती फिल्ममा कसरी भन्ने प्रश्नमा उनले भने, 'फिल्मको व्यवसायिक पक्षलाई ध्यानमा राख्दै गरिएको हो। निखिल उप्रेतीको 'भैरव'पछिको क्रेज र स्टारडमका कारण दुबैथरीका दर्शकलाई आकर्षित गर्नलाई लिएको हो।'

फिल्ममा सौगात र निखिलको जुगलबन्दीले नेपाली दर्शकका लागि फिल्मले चासो भने अवश्य जगाउनेछ। उनले छिट्टै फिल्मको औपचारिक घोषणा गरिने जानकारी दिएका छन्। फिल्ममा उनको पनि लगानी रहेको छ। फरक धार र मूलधारको 'ककटेल' कस्तो हुनेछ भन्नेमा सबैको नजर हुनेछ।

  

प्रतिकृया दिनुहोस