ढाका फिल्म महोत्सवमा नेपालबाट ‘तान्द्रो’ ले सहभागिता जनाउने

  • Get News Alerts

 
१६ औं अन्तर्राष्ट्रिय ढाका फिल्म महोेत्सवमा नेपालबाट ‘तान्द्रो’ फिल्मले सहभागिता जनाउने भएको छ । गंगाबहादुर लामाकृत ‘स्मृतिका डोबहरु’ पुस्तकमा आधारित फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
 
१० वर्षे नेपाली सशस्त्र द्वन्द्वकाे कथा भन्ने फिल्ममा दयाहाङ राई, रामबाबु गुरुङ, कमलमणी नेपाल, सरस्वती चौधरी, राजन खतिवडा, मणिराम पोखरेल, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् । फिल्म हलमा यसै वर्ष रिलिज हुने बताइएको छ ।
 
फिल्मको फस्ट लुक्स पनि सार्वजनिक भएको छ ।
 

प्रतिकृया दिनुहोस