अन्तिम पटकका लागि ड्यानियल फेरि जेम्स बोन्ड बन्ने

  • Get News Alerts

'स्काइफल' पछि थप बोन्ड सिरिजका फिल्ममा नदेखिने बताएका ड्यानियल क्रेग अन्तिम पटकका लागि पुन: जेम्स बोन्ड बन्ने सम्भावना रहेको खुलासा भएको छ।

ब्रिटिस जासुसी एक्सन फ्रान्चाइज श्रृखंलाका निर्माता बारबरा ब्रोकोलीले  क्रेगलाई थप एक बोन्ड फिल्म गर्न राजी बनाएको पश्चिमी फिल्म संचारमाध्यमहरूले उल्लेख गरेपछि यस्तो खबर बाहिरिएको हो।

ब्रोकोलीकै निर्माण रहेको फिल्म ओथेलोले गतिलो व्यापर र समिक्षा पाएपछि क्रेग र ब्रोकोलीबिच थप बोन्ड फिल्म गर्ने बारेमा सकारात्मक कुरा भएको बताइन्छ।

फिल्मको स्क्रिप्टसमेत तयार रहेको छ। ड्यानियलले सहमती दिने बित्तिकै फिल्मको निर्माण सुरू हुने बताइएको छ।

ब्रोकोलीले जेम्सको भूमिकामा यसअघि चर्चामा रहेका टम हिडेलस्टोनलाई उपयूक्त नदेखेपछि पनि ड्यानिलको जेम्स बोन्ड सम्भावना पुन: प्रवल हुन पुगेको हो।

यस समाचारका बारेमा स्वयंम ड्यानियल तथा क्रेगले औपचारिक रूपमा केहि बोलेका छैनन्।

प्रतिकृया दिनुहोस