फेरि 'द म्याट्रिक्स' बन्दै, फिल्ममा कानु हुनेमा अन्योल

  • Get News Alerts

सन् १९९९को क्लासिक साइन्स-फिक्सन ' द म्याट्रिक्स' फेरि फिल्मी पर्दामा आउने भएको छ। फिल्म निर्माण कम्पनी वारनर ब्रोस हाल त्यसका लागि जोडतोडले लागिरहेको छ। त्यसबारेको काम हाल प्रारम्भिक चरणमा रहेको छ।

'द म्याट्रिक्स'लाई फिल्मी इतिहासको मूल फिल्मका रूपमा मानिएको छ। जाक पेनलाई नयाँ शैलीमा फिल्मलाई उतार्ने गरी लेखनको जिम्मेवारी दिन कुरा भइरहेको छ।

 फिल्ममा 'क्रिड' अभिनेता माइकल बि जोर्डनले मुख्य भूमिका निर्वाह गर्ने सक्ने हलिउड रिपोर्टरले जनाएको छ। यस अघिका दुई सिक्वलको लेखन र निर्देशन सम्हालेका वाचोस्की दिदीबहिनी भने नयाँ 'म्याट्रिक्स'मा हुने छैनन्। त्यसैगरी फिल्ममा मुख्य अभिनेताका रूपमा काम गरेका कानु रिभ पनि फिल्म हुने-नहुने निक्यौल हुन बाँकी छ।

यस अघिका तीन वटै श्रृखंलाका निर्माता जोएल सिल्भरले वार्नर व्रोसलाई नयाँ म्याट्रिक्सका लागि प्रस्ताव गरेका हुन्।फिल्मका तीन श्रृखंलाहरू 'द म्याट्रिक्स', 'द म्याट्रिक्स रिलोडेड', तथा ' द म्याट्रिक्स रिभोलुसन' क्रमश सन् १९९९, २००३ रिलिज भएका थिए।

 

प्रतिकृया दिनुहोस