'गार्डियन्स अफ ग्यालेक्सी ३' बन्ने पक्का

  • Get News Alerts

'गार्डियनस अफ ग्यालेक्सी'को तेस्रो सिक्वेल बन्ने पक्का भएको छ। निर्देशक जेम्स गनले 'गार्डियनस अफ ग्यालेक्सी'को तेस्रो सिक्वेल बन्ने पक्का भएको बताएका छन्।

४६ वर्षिय निर्देशकले कम्प्लेक्स पत्रिकालाई उक्त जानकारी दिएका हुन्। योसँगै उनले फिल्ममा आफू नै निर्देशक भने नहुन सक्ने पनि बताए।

'गार्डियसन्स ३ बन्ने पक्का छ। हामी त्यसमा काम गरिरहेका छौ। म त्यसमा के गर्न सक्छु भन्ने बारेमा सोचिरहेको छु', गनले भने।

 उनले आफू विकल्पहरू खुल्ला राखिराखेको पनि जानकारी दिएका छन्।

'म मेरो जीवनको आगामी ३ वर्ष  के हुन चाहन्छु सोचिरहेको छु। तपाईंहरूलाई थाहा होला म अर्को ठूलो फिल्म गर्न गइरहेको छु र त्यो गार्डियन्स वा अन्य केही हुनसक्छ? म केही साता भित्र नै त्यसको बारेमा निश्चित हुनेछु', उनले थपे।

फिल्मको दोस्रो श्रृखंला प्रदर्शनको क्रममा रहेको छ। फिल्म मे ५ तारिखमा रिलिज हुँदैछ। फिल्मको पहिलो श्रृखंलाले वक्सअफिस सफलतासँगै समिक्षिकय रूपमामा सफल भएको थियो।

प्रतिकृया दिनुहोस