'द गर्ल इन द स्पाइडर्स वेब'बाट पर्दामा फेरी आउँदै लिजबेथ स्लान्डर

  • Get News Alerts

सन् २०११ मा रिलिज भएको 'द गर्ल वीथ द ड्रागन ट्याटु'को नयाँ श्रृखंला बन्ने भएको छ। स्टिग लारसन्सको चर्चित किताब श्रृखंलामा आधारित फिल्मको चौथो सिक्वलको नाम  'द गर्ल इन द स्पाइडर्स वेब' राखिएको छ।

फिल्ममा लिजबेथ स्लान्डरको भूमिकामा नाओमी र्‍यापेसको मुख्य अभिनेत्रीका रूपमा रहनेछिन्। यस अघिका ३ श्रृखंलामा पनि उनी शीर्ष भूमिकामा देखिएकी थिइन्। सिक्वलमा उनी हुने पक्का भएपनि ड्यानियल ग्रेग तथा रोनी मारा भने हुने छैनन्।

फेडे अल्बारेजको निर्देशन रहने फिल्ममा उनीहरूको सट्टा नयाँ कलाकारले प्रवेश पाउने बताइएको छ। सोमबाट लन्डन बुक फेयरमा फिल्मको घोषणा गरिएको हो। किताबका रूपमा बेस्ट सेलर रहेको उक्त कथा फिल्मका रूपमा पनि वक्सअफिसमा उत्तिकै सफल भए।

प्रतिकृया दिनुहोस