१२ हजार करोडले स्कारलेटलाई बनायो वर्षकै टप ग्रसिङ कलाकार

  • Get News Alerts

हलिउड अभिनेत्री स्कारलेट जोन्सनलाई यस वर्षको टप ग्रसिङ कलाकारको पदवी दिइएको छ। विश्व प्रसिद्ध पत्रिका फोब्सले यस वर्ष उनी अभिनिति फिल्महरूको कमाइले उनलाई यस उपाधि मिलेको जनाएको छ।

उनले अभिनित फिल्मले संसारभरबाट करिब १.२ बिलियन अमेरिकी डलर अर्थात १२ हजार ८ सय करोड बराबर नेपाली रूपैयाँ कमाएको जनाएको छ।फोब्सका अनुसार यो कमाइ कुनै महिला वा पुरूष स्टारका फिल्मले कमाएको मध्ये सर्वाधिक हो।

३२ वर्षिय स्कारलेटका  सिङ, द जंगल बुक, हेल सिजर! तथा क्यापटेन अमेरिका गरि चार फिल्म रिलिज भएका थिए। 

 फिल्मको व्यापारबाट सबैभन्दा बढी कमाइ गरेका कलाकारको उत्कृष्ट पाँचको सूचिमा थप दुई अभिनेत्री छन्। सूचिमा अष्ट्रेलियाकी मार्गट रोबी तथा एमी एडम्स परेका छन्।

रोबीको 'सुसाइड स्क्वाड'ले विश्वव्यापिरूपमा १.१ विलियन अमेरिकी डलर कमाइ गरेको थियो भने एमीका दुई फिल्म 'ब्याटम्यान भर्सेज सुपरम्यान: डन' तथा 'अराइभल'ले १.०४ विलियन अमेरिकी डलरको कमाइ गर्‍यो।

प्रतिकृया दिनुहोस