विशेष

Search news by date range:

  • विश्व कीर्तिमान राख्ने दौडमा रहेको फिल्म ‘जालो’ को ट्रेलर सार्वजनिक (भिडियो)

    विश्व कीर्तिमान राख्ने दौडमा रहेको फिल्म ‘जालो’ को ट्रेलर सार्वजनिक (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १० - वन सट भन्नाले सुटिङ सुरु हुँदा अन भएको क्यामरा सुटिङ सकिएपछि मात्र अफ हुन्छ। अरुमाजस्तो एक्सन/कट भन्ने हुँदैन। जति खिचिएको हो, हलमा त्यति नै रिलिज हुन्छ। जालोको दुई सिक्वेल एकैपटक खिचिएको हो। रिलिज पनि फरक–फरक समयमा हुने बताइएको छ।

  • 'हजुरआमाले कथा सुनाउनुभो, मैले उपन्यास लेखेँ'

    'हजुरआमाले कथा सुनाउनुभो, मैले उपन्यास लेखेँ' रामनाथ खनाल 'अक्षर काका' - पढ्न भनेर सिन्धुपाल्चोकबाट काठमाडौं झरेको। बाटामा आउँदै गर्दा कान्तिपुरको अघिल्लो पानामा आँखा पुग्यो। कान्तिपुरको कुनचाहिँ पानामा हो, एउटा हृदयविदारक तस्बिर रहेछ– हराएको ३० वर्षपछि लोग्ने भेटियो। जिउँदो होइन मरेको! महिला नदीका किनारमा गालामा हात लगाएर बसेको कारुणिक तस्बिर छापिएको थियो। जतिबेलै पनि त्यही तस्बिर दिमागमा पुतलीझैँ नाचिरहने! नलेखी सुखै पाइनँ।

  • धर्तीको रजस्वला

    धर्तीको रजस्वला निष्प्रभ सजी - पसिना, आँसु र रगत यी सबै पानी हुन्, जीवनका छिद्रहरूबाट रसाउने पानी। रजस्वलाको रङ पनि रातो नभइदिएको भए, स्वीकार्य हुने थियो होला सायद हामीलाई। रङहिन पानीलाई त हामीले स्वीकारिरहेकै छौँ। कोठा, आँगन, पिँढी जताततै बगे पनि। त्यो दुर्गन्ध भन्दा किन दुर्गन्धित भयो रजस्वला? हामीलाई किन त्यति नै खेर मन नपरेको रातो रङ। अरु बेला त हामीलाई रातैले ढाकिनुपर्छ। ब्रम्हाजी यदि तिमीले नै बनाएका हौ यो सृष्टी भने, मेरो पनि एउटा अनुरोध छ। पुरुषको विर्यको रङ पनि रातै बनाइदेउ न है!

  • राजेश हमाल ऊर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा!

    राजेश हमाल ऊर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा! सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ८ - नायक राजेश हमाल ऊर्जा मन्त्रीको रूपमा देखा परेका छन्। यस्तै नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन्। तर यो वास्तविक नभइ एक चलचित्रको दृश्य हो। देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा लागिपर...

  • ‘खलंगामा हमला’ अंग्रेजीमा

    ‘खलंगामा हमला’ अंग्रेजीमा सेतोपाटी संवाददाता, खलंगा (जुम्ला) वैशाख ७ - भरतपुर अस्पतालमा चार वर्ष ‘एनेस्थेटिक असिस्टेन्ट’को काम गरेकी राधा स्थायी सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन्। माओवादी द्वन्द्वको उत्कर्षमा जुम्ला बसेकी राधाले त्यसबेला दुर्गम बसाइका अप्ठ्यारा र त्रासलाई नजिकबाट भोगेकी छन्। २०५९ कात्तिक २८ गते प्रत्यक्ष देखेको खलंगा हमलाचाहिँ उनको जीवनमा भुल्नै नसकिने घटना बन्न पुग्यो। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको दारुण अवस्था चित्रण गर्दागर्दै त्यही भयावह दिनको केन्द्रमा पुस्तक तयार पारिएको छ। द्वन्द्वका बेलामा अस्तव्यस्त समाज, मानवीय संवेदना र माओवादी तथा सुरक्षा निकायबीच चेपिएर काम गर्दाको कहालीलाग्दो अनुभूति उनको पुस्तकमा समेटिएका छन्।

  • आउँदो नयाँ वर्षमा ‘नाईं नभन्नु ल ५’

    आउँदो नयाँ वर्षमा ‘नाईं नभन्नु ल ५’ सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ७ - मुस्कान समर लभमा व्यस्त भएपछि आचार्यले ‘निराञ्जना’ निर्देशनको घोषणा गरे। फेरि, हालसालै उनी ‘छक्कापञ्जा २’ को लेखन र निर्माणमा लागेका छन्। छक्कापञ्जाकै कारण निराञ्जना पछाडि धकेलियो। अहिले नीराञ्जनालाई नै नाईं नभन्नु ल ५ को टाइटल दिन लागिएको आचार्यले जानकारी दिए। त्यसो त, आचार्य नाईं नभन्नु ल नामका अझै द्विविधामा छन्। फिल्मका कथाकारसमेत रहेका अचार्य भन्छन्, ‘फिल्मका पात्रहरुका नाम नीर र अञ्जना रहेकाले निरञ्जना सोचिएको हो। अहिले यसमा नाईं नभन्नु ल टाइटल जोड्ने या नाईं नभन्नु ल ५ राख्ने भन्नेमै सल्लाह भइरहेको छ।’

  • बन्ने भयो ‘मिस्टर झोले’, दयाहाङ मुख्य भूमिकामा

    बन्ने भयो ‘मिस्टर झोले’, दयाहाङ मुख्य भूमिकामा सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ७ - यसअघि दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘झोले’ को ‘टाइटल ब्रान्ड’लाई लिएर निर्देशक रामबाबु गुरुङले ‘मिस्टर झोले’ निर्माण घोषणा गरेका छन्। यसअघि मुख्य भूमिकामा रहेका दयाहाङ नै यसका मुख्य अभिनेता हुन्, तर यो झोलेको सिक्वेल भने होइन।

  • आफ्नै बुतामा परिचय बनाउने धुन

    आफ्नै बुतामा परिचय बनाउने धुन सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ६ - निश्चल बस्नेत र उनको सम्बन्ध पनि त्यस्तै छ। दुवैले एक–अर्कालाई सल्लाह–सुझावसम्म दिन्छन्, तर निर्णय गर्ने अधिकार आफूमै सुरक्षित राखेका छन्। कस्तो फिल्ममा अभिनय गर्ने, कस्ता फिल्मकर्मीसँग काम गर्ने भन्ने कुरामा उनी निश्चलसँग सल्लाह लिन्नन्। निश्चलले पनि ‘यसो गर, उसो गर’ भनेर प्रत्यक्ष रुपमा सल्लाह दिएका छैनन्। अहिलेसम्म यत्ति भनेका रहेछन्, ‘स्क्रिनमा दुब्ली देखियौ। अलि मोटाउन!’

  • धर्मसम्बन्धी ट्वीटले सोनु निगम विवादमा

    धर्मसम्बन्धी ट्वीटले सोनु निगम विवादमा एजेन्सी, मुम्बई, वैशाख ६ - आजै निगमले पत्रकार सम्मेलन गर्दै प्राफेट मोहम्मदलाई अपमान गर्ने आफ्नो मनसाय नभएको दोहोर्‍याएका छन्। आफूले धार्मिक कुरा भन्दा सामाजिक कुरा उठाएको उनको दाबी छ। ‘म धर्म निरपेक्ष मान्छे हुँ, मैले आजानको विरोध गरेको होइन, लाउड स्पिकरको गरेको हुँ,’ निगमले भने।

  • तक्मे बुढा–संयम पुरीको ‘रातो घर’ ट्रेलर सार्वजनिक (भिडियो)

    तक्मे बुढा–संयम पुरीको ‘रातो घर’ ट्रेलर सार्वजनिक (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ६ - झन्डै आधा दर्जन फिल्म खेलेर पनि ‘नोटिस’ नभएका विल्सनविक्रम राई र डेब्यु अभिनेता संयम पुरीलाई ‘सायद’बाट दर्शकले रुचाएका थिए। त्यसो त, विल्सन मेरी बास्सैमार्फत् तक्मे बुढाको रुपमा भने परिचित भइसकेका थिए। रातो घरबाट उनी निर्माताका रुपमा पनि भित्रिँदैछन्।

  • जिग्री–पाँडेले दृष्टिबिहिनका लागि बनाउन लागेको घर धुर्मुस–सुन्तलीद्वारा शिलान्यास

    जिग्री–पाँडेले दृष्टिबिहिनका लागि बनाउन लागेको घर धुर्मुस–सुन्तलीद्वारा शिलान्यास सेतोपाटी संवाददाता, सप्तरी, वैशाख ६ - ‘काम गर्न निकै चुनौतिपुर्ण छ,’ धुर्मुसको सल्लाह थियो, ‘धेरै बाधाअड्चन खेप्नुपर्छ। यी कुराहरुलाई मनन गर्दै काममा अघि बढ्नु। काम गर्दै जा“दा भोली कसैले पनि प्रश्न उठाउने वातावरण सिर्जना नगर्नु। मैले तीन/तीनवटा बस्ती निर्माण गर्दा यस्ता थुप्रै कुरा भोगेको छु।’

  • केकीको कोरियोग्राफी

    केकीको कोरियोग्राफी सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ५ - ‘हुँदैन,’ दयाहाङ पन्छिन खोजे, ‘गीतमा मैले नाचेँ भने त फन्नी देखिन्छ। मान्छे हाँस्छन्।’ ‘सबै आर्टिस्टले कहाँ नाच्न जान्दछन् त? कहिलेकाहीँ नजानी गरेको काम पनि राम्रो निस्किन्छ,’ दयाहाङलाई मनाउन केकीलाई समय लागेन। त्यसो त फिल्ममा कम्मर मर्काएर नाच्नुपर्ने दृश्य भने थिएन। फिल्मकै कथालाई निरन्तरता दिने गीत भएकाले चरित्रअनुसारकै अभिनय गर्नुपर्ने हुन्थ्यो। दया नाचे। उनको नाच रमाइलो पाराको हुने भइहाल्यो। उनको नाचले माहोलमा रमाइलो थप्यो।

  • राजेशलाई करिश्माको चुनौति- काठमाडौंको मेयरमा उठ्नुस्

    राजेशलाई करिश्माको चुनौति- काठमाडौंको मेयरमा उठ्नुस् सेतोपाटी संवाददाता , काठमाडौं, वैशाख ५ - ‘मैले केही समयअघि नयाँ शक्तिका लागि उहाँसँग मिटिङ गरेको थिएँ,’ करिश्माले सेतोपाटीसँग भनिन्, ‘उहाँलाई नेपालको मात्र होइन, संसारकै राजनीतिको विगतदेखि वर्तमानसम्मका चित्र थाहा छन्। समाज र राजनीतिप्रति उहाँको बुझाईबाट म निकै प्रभावित हुँ। बुझ्दै नबुझेको मान्छे राजनीतिमा आइरहेको देख्छु। म पनि राजनीति धेरै बुझेको मान्छे होइन, सिक्दैछु। राजेशजीसँग मेरो आग्रह भनेकै यत्तिको समझ भएको मान्छे राजनीतिमा आउनुपर्‍यो भन्ने हो।’

  • ‘छातीमा लागेको माटो त आँशुले धोई पखाल्छु’ (भिडियो)

    ‘छातीमा लागेको माटो त आँशुले धोई पखाल्छु’ (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख ४ - प्रकाश आङ्देम्बेको कथा तथा निर्देशनमा तयार फिल्मले भुटानी शरणार्थीहरुका आफ्नो देश नहुँदाको पीडाको कथा भन्छ। कवि तथा कथाकार उपेन्द्र सुब्बाको पटकथामा बनेको फिल्मको साम्तेन भुटिया सहायक निर्देशक हुन्।

  • जसको शव चिहानबाट चोरियो

    जसको शव चिहानबाट चोरियो एजेन्सी, काठमाडौं, वैशाख ३ - सन् १९४० मा जर्मन शासक हिटलरमाथि फिल्म बनाए, ‘द ग्रेट डिक्टेटर।’ यो फिल्म उनी हिटलर बनेका थिए र उनको मजाक उडाएका थिए। सन् १९७३ मा चार्लीले ओस्कार अवार्ड पाएका थिए त्यो पनि फिल्म रिलिज भएको २१ वर्षपछि। उनको फिल्म ‘लाइमलाइट’ लस एन्जलसमा सन् १९७२ पछि मात्र रिलिज भएकाले उनलाई १९७३ मा ओस्कार दिइएको थियो।

  • दुई महिनामै एक करोड पटक हेरियो ‘साइँली’ (भिडियो)

    दुई महिनामै एक करोड पटक हेरियो ‘साइँली’ (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख २ - सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै ‘सुर्केथैली’पछि झन्डै आधा दर्जन गीतका भिडियोले एक करोड भ्युज पाइसकेका छन्। साइँली र करोड भ्युज पाउने ती गीतबीचको फरकचाहिँ के छ भने, अरु गीत फिल्मका गीत हुन्। सुर्केथैली, ठमेल बजार, पूर्वपश्चिम रेलजस्ता गीतलाई उदाहरण मानेर हेर्दा यी सबै गीत भोजभतेरदेखि बिभिन्न समारोहमा अत्यधिक बजे। स्रोताहरुले रमाइलो गर्दै नाचे।

  • सिनेमा सयर

    सिनेमा सयर कुमारी लामा - द पियानो टिचर एउटी अधबैंसे अविवाहित पियानो प्रोफेसर इरिकाको कथा हो। उनी भिएना कन्सर्भेटरीमा पियानो सिकाउँछिन्। नाम छ, दाम छ तर फेरि पनि उनी एक्ली छिन्। हलचल गर्न नदिने एकदमै डोमिनेटिङ आमासँग बस्छिन्। उनीभित्र यौन कुण्ठाको अग्लो चाङ छ। उनी आफूलाई यौन आनन्द दिने माध्यम खोज्छिन्। त्यसमा पर्छ सेक्स सप र त्यहाँका भिडियोहरु। उनी हेरेर चित्त बुझाउँछिन्।

  • तीनवटा उपन्यास लेखिसकें, जहाँको तहीँ!

    तीनवटा उपन्यास लेखिसकें, जहाँको तहीँ! ओहो! ह्याट्रिक गरिसकेँ है? हाहा...! तर, तीनवटा उपन्यास आइसक्यो जहाँको तहीँ! मसँग भएको कमजोरीले नै जहाँको तहीँ राखेको होला, नभए एउटै उपन्यासले पनि कसैलाई सेलिब्रेटी बनाइदिएको छ। भाषामा लालित्य भर्न जान्दिनँ, बिम्बहरु पनि कमै हुन्छ, बिकाउ विषयवस्तुतिर जाँदिनँ। फटाफट र सिधा भन्ने बानी छ लेखनमा, सायद यही कमजारी हो कि!

  • डेब्यु आन्दोलन

    डेब्यु आन्दोलन सुरज सुवेदी - उसले भनेको आधा मिल्यो। थिएटर मलमा अलिक छिटै पुगेँ। त्यहाँ राखिएका दीपेन्द्र बज्राचार्यका जनआन्दोलनका फोटो र न्युज कटिङहरू हेरेँ। ऊबेला कभर भएका आन्दोलनका समाचार र अन्तर्वार्ताहरूले साँच्चै पुरानो समयमा लिएर गए। 'ब्ल्याक एण्ड ह्वाइट' समय। एउटा फोटोमा आँखा गयो। बाटोभर चप्पलहरू छरिएका रहेछन्। कहाँ फ्याँकिए होलान् ती चप्पलहरू? धोबीखोलामा कतैकतै देखिने चप्पलहरु तिनै त हैनन्? ती चप्पल, जसका हुन् उनीहरूलाई कस्तो लाग्दो हो अहिले?

  • दीपकलाई जन्मदिनभन्दा नयाँ वर्ष प्यारो

    दीपकलाई जन्मदिनभन्दा नयाँ वर्ष प्यारो सेतोपाटी संवाददाता, काठमाडौं, वैशाख १ - ‘जन्मदिन त सबैको एउटा-एउटा हुन्छ,’ दीपकले भने, ‘तर, नयाँ वर्ष सबैका लागि एक दिन मात्र आउँछ। सबैले पुराना दिनको समीक्षा र नयाँ योजनाका साथ उमंग मनाउँछन्।’ ‘हत्तपत्त जानेर त गल्ती गर्दै गर्दिनँ,’ उनले थपे, ‘नजानेर, अझ अरुका गल्तीमा पनि आफू जोडिन पुगिँदो रहेछ। जस्तो, ६क्कापञ्जाको पाइरेसी काण्डः जसमा एक युवकले आत्महत्या गरे। म नयाँ वर्षका दिन वर्षभरि आफूले के सिकेछु र के सिक्नुपर्ने रहेछ भनेर आफैंलाई मुल्यांकन गर्छु।’

  • ‘प्रेमगीत २’ को ‘कहानी यो प्रेमगीत’ (भिडियो)

    ‘प्रेमगीत २’ को ‘कहानी यो प्रेमगीत’ (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, चैत ३० - गत वर्ष रिलिज ‘प्रेमगीत’ को सिक्वेल फिल्म ‘प्रेमगीत २’ को शीर्षगीत ‘कहानी यो प्रेमगीतको’ सार्वजनिक भएको छ। थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको भिडियोमा प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका छन्। अश्लेषाले यसै फिल्मबाट डेब्यु गरेकी हुन्।

  • ‘काठमाडौं सहर, धुलोले उडायो रहर’

    ‘काठमाडौं सहर, धुलोले उडायो रहर’ सेतोपाटी संवाददाता, काठमाडौं, चैत ३० - प्लास्टिक ओढेर घाँटीसम्म बाँधिएपछि अनुहारवरिपरि बाफ ढाकियो। उनीहरु सकिनसकी सास फेरिरहेका थिए। सास तान्दा प्लास्टिक घरि फुल्थ्यो, घर अनुहारमा चपक्क टाँसिन्थ्यो उनीहरुको हातमा ‘राजधानी भयो लाजधानी’, ‘काठमाडौं सहर, धुलोले उडायो रहर’जस्ता नारा लेखिएका प्लेकार्ड थिए। वरिपरिका मानिसहरुले उनीहरुलाई घेरे। भीड बढ्दै गएपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्यो। तर, आममानिस भने प्रहरीमाथि खनिए। उनीहरु भन्दै थिए, ‘उहाँहरुले राम्रो काम त गर्दैहुनुहुन्छ नि, किन धपाउन खोज्नुभा?’

  • फिल्म नबन्दै ‘छक्कापञ्जा २’ एक करोडमा बिक्यो

    फिल्म नबन्दै ‘छक्कापञ्जा २’ एक करोडमा बिक्यो सेतोपाटी संवाददाता, काठमाडौं, चैत ३० - यसअन्तर्गत युट्युब तथा सामाजिक सञ्जाल अधिकार तथा नेपालबाहेकका देशहरुमा रिलिज गर्ने अधिकार हाइलाइट्स नेपालसँग रहन्छ। हाइलाइट्स नेपालले छक्कापञ्जा पनि सुटिङमा नजाँदै ५० लाखमा खरिद गरेको थियो। देशभित्रै १६ करोडको हाराहारीमा कुल संकलन गरेको फिल्मको सिक्वेलले अहिले दोब्बर पाएर रिलिजअघि नै आफूलाई सुरक्षित गरेको छ। फिल्ममा निश्चल बस्नेतले पनि अभिनय गर्दैछन्। केमियो भूमिका निभाउन लागेका निश्चलसँगै यसैसाता रिलिज हुने फिल्म ‘लभ लभ लभ’ की नायिका स्वस्तीमा खड्का पनि दीपक–दीपाको टिममा भित्रँदैछिन्।

  • 'माग्ने'ले मनाए ४३ औँ जन्मदिन

    'माग्ने'ले मनाए ४३ औँ जन्मदिन सेतोपाटी संवाददाता, काठमाडौं, चैत २९ - हँसाउँदा हँसाउँदै दीपकले भावुक भए, ‘हामी बीच भावनात्मक सम्बन्ध छ। पछिल्लो समय हामी हास्य कलाकारबीच एक खालको एकता भएको छ। पहिले–पहिले हामीबीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो। कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो। मन जोडिँदैनथ्यो। तर अहिले भने हात पनि जोडिन्छ, मन पनि जोडिन्छ, गाला पनि जोडिन्छ। सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्नेमै आएको छ।’

  • पाटनकी एलिशाको प्रेमकथा उत्कृष्ट: 'लभ लभ लभ'ले दियो १ लाख

    पाटनकी एलिशाको प्रेमकथा उत्कृष्ट: 'लभ लभ लभ'ले दियो १ लाख सेतोपाटी, काठमाडौं, चैत २९ - वैशाख १ को रिलिजका लागि तम्तयार 'लभ लभ लभ'ले सर्वोत्कृट प्रेमकथा लेखेवापत पाटनकी एलिशा महर्जनलाई नगद १ लाख रूपयाँ नगद पुरस्कारले सम्मान गरेको छ।फिल्म १ महिना पहिले 'आफ्नो प्रेमकथा लेख्नुहोस,एक लाख पुरस्कार जित्नुहोस' शीर्षकमा स्पर्धाका लागि कथा मागेको थियो।

  • 'पशुपति प्रसाद' निर्देशक दीपेन्द्र भन्छन्: 'लभ लभ लभ' मेरा लागि एउटा परीक्षा

    'पशुपति प्रसाद' निर्देशक दीपेन्द्र भन्छन्: 'लभ लभ लभ' मेरा लागि एउटा परीक्षा अशेष अधिकारी, काठमाडौं, चैत २८ - 'म मेरो फिल्म मैले बनाएको हो, राम्रो मेहेनत गरेको छु भन्दा पनि दर्शकका हिसाबले कस्तो फिल्म बन्यो भनेर हेर्छु। यो फिल्म हेरेर दुई पटक नै रोएँको छु। फिल्मको कथाबस्तु सबै थाहा हुँदाहुँदै म त रोएँ भने पहिलो पटक हेर्ने दर्शक अवश्य पनि रूनुहुन्छ ।'

  • नेपथ्यको गृह मैदानमा खुशीको आँसु

    नेपथ्यको गृह मैदानमा खुशीको आँसु पोखरा, चैत २७ (सेतोपाटी) - अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेबित्तिकै जताततै तन्नेरीहरु उफ्रिन थालिसकेका थिए। यो भाकालगत्तै गाउनलागेको गीत सधैजस्तै ‘चरि मर्यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरु ढुक्क थिए । तर, शनिबार बेलुकी यहाँस्थित रंगशालामा कुरा बेग्लै भइदियो । लगातार दुइ घन्टासम्मको प्रस्तुतीमा त्यो गीत गाइएन। भाका सुन्नेबित्तिकै नाच्नका निम्ति खुट्टा उचालेका तन्नेरीहरु आश्चर्यमा परे ।

  • विद्यार्थीले फसाए पछि 'जयमाया आफूमात्र लेखापानी आइपुगी' मंञ्चमा

    विद्यार्थीले फसाए पछि 'जयमाया आफूमात्र लेखापानी आइपुगी' मंञ्चमा अशेष अधिकारी, काठमाडौं, चैत २७ - ' नाटकका विद्यार्थीहरूलाई कथा पढाइरहेका थिएँ। पढाएका यी दुबै कथामध्ये यसमा गर्ने भनेर सबैले र्‍याखर्‍याख्ती पारे, मलाई पनि सनक चढ्यो, हदै भए फ्लप होला, लौन त बिगारौ भनेर सुरू गरे' उनले भने, 'हदै भए गाली खाउँला।'

  • 'लीलाबोधले तपाईंलाई सहिष्णु बनाउँछ'

    'लीलाबोधले तपाईंलाई सहिष्णु बनाउँछ' काठमाडौं, चैत २६ - साहित्यकार कृष्ण धरावासी आफ्नो २७ औं पुस्तक 'लीलाबोध' लिएर आएका छन्। 'झोला' कथा र 'शरणार्थी' तथा 'राधा' जस्ता चर्चित उपन्याका लेखक धरावासीको यो पुस्तक दर्शन र सिद्धान्तको पुस्तक हो। यसमा उनले लीलालेखनको सैद्धान्तिक मतलाई व्याख्या गरेका छन्। भर्खरै सार्वजनिक भएको उनको 'लीलाबोध'बारे सेतोपाटीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरेका छौं।

  • बिसे नगर्चीको सांस्कृतिक रूपान्तरण

    बिसे नगर्चीको सांस्कृतिक रूपान्तरण विप्लव ढकाल - पृथ्वीनारायणले बिसेको घर पनि हेरूँ र सल्लाह पनि गरूँ भनेर आफू आएको कुरा बताएपछि उसले ‘जाबो दमाईँसँग सल्लाह गर्नुपर्ने के कुरो त ख्वामित्?’ भन्ने प्रश्न गरेको छ। राजाले सल्लाह जातले नभएर अनुभव र बुद्धिले दिने कुरा सम्झाउँदै ऊ आफ्नो घरको पुरानो नगर्ची भएको, आफ्नो काठोभोटो पनि उसैले गरेको र गाउँघरलाई सल्लाह दिन ऊ निकै सिपालु भएको कुरा सुनेर आफू उसको घरमा आएको कुरा बताउँदा बिसेले ‘आ ख्वामित्, पढ्या छैन, मुर्ख दमैको छोरोले के सल्ला दिन्थेँ नाइँ’ भनेर लाचारी प्रकट गरेको छ।