सलमानको ‘ट्यूबलाइट’ को नयाँ गीत रिलिज (भिडियो)

  • Get News Alerts

बलिउड हस्ती सलमान खानको आगामी फिल्म ‘ट्यूबलाइट’ को अर्को एक गीत रिलीज भएको छ। यो गीतमा सलमान र सोहेल खानलाई देख्न सकिन्छ। अमिताभ भट्टाचार्यले लेखेका यो गीतमा प्रीतमको संगीत छ। यसमा कमाल खान, नक्ष अजीज, देव नगी र तुषार जोशीले स्वर दिएका छन्।
 
यसअघि यो फिल्मको 'रेडियो संग' रिलीज भएको थियो। 
 
गीतमा सलमान र सोहेल मज्जाले नाचिरहेको देख्न पाइन्छ। गीतमा दाजुभाइको आत्मीयता र प्रेम प्रस्तुत गरिएको छ। 
 
फिल्म ‘ट्यूबलाइट’ मा सलमानले लक्ष्मण सिंहको भूमिका निभाएका छन् जसलाई आफूमाथि भरोषा हुँदैन। सोहेल भने आर्मी जवान भरतको भूमिकामा देखिएका छन् जसले सलमानलाई आफूप्रति विश्वास गर्न प्रेरित गरिरहन्छन्। 
 

प्रतिकृया दिनुहोस