‘दंगल’ ले चीनमा मच्चायो धमाल, कमायो १६ सय करोडभन्दा बढी

  • Get News Alerts

आमिर खानको पछिल्लो फिल्म ‘दंगल’ ले चीनमा धमाल मच्चाएको छ।
 
चीनमा मे महिनाको ५ तारिखमा रिलीज गरिएको ‘दंगल’ ले चिनियाँ बक्स अफिसमा हालसम्म एक हजार ६ सय करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ।
 
‘दंगल’ चीनको सिनेमा इतिहासमै धेरै कमाउने फिल्मको सूचीमा परेको छ। चीनमा एक अरब युआन कमाउने ३३ औं फिल्म बनेको हो जो करिब एक हजार करोड भारु हुन आउँछ।
 
‘दंगल’ पूर्व भारतीय रेस्लर महावीर सिंह फोगट र उनका छोरीहरु गीता र बबिताको जीवनमा आधारित फिल्म हो। 
 

प्रतिकृया दिनुहोस