सलमान व्यस्त हुँदा कपिलको शो दुई महिना लम्बियो

दुई महिनाअघि मेलबर्नबाट मुम्बई फर्किदैं गर्दा कपिल शर्माले आफ्ना सहकर्मी
सुनिल ग्रोवरमाथि गरेको खराब ब्यवहारका कारण उनको शो नै संकटमा परेको थियो। ‘दि कपिल शर्मा शो’ को ठाउँमा सलमान खानको ‘दशका दम’ प्रसारण हुने समाचारले कमेडियन कपिल शर्मा शोको निरन्तरतालाई लिएर आशंका उब्जिएको थियो।
तर, सलमान खान आफ्नो आगामी चलचित्र ‘टाइगर जिन्दगी’को सुटिङमा व्यस्त भएका कारण उनको टेलिभिजन शो ‘दशका दम’ केही समयका लागि पछाडि धकेलिएको छ। यसले कपिल शर्मालाई ठूलो राहत दिएको छ।
सुनिल ग्रोवरसँगको झगडापछि कपिल शर्माको शो छोड्नेमा अली अस्गर (नानी, चन्दन प्रभाकर (चन्दु) र सुगन्धा मिश्रा (विध्याभाटी) थिए।
प्रतिकृया दिनुहोस
अन्तर्वार्ता
-
बच्चालाई खुसी पार्नुछ? किताब उपहार दिनु
बलराम अधिकारी - ‘के कुरा?’ ‘बाँदरले पनि हाम्रोजस्तै घर बनाउँछ नि।’ उसले त समाजबाट बाँदरले घर भत्काउँछ भन्ने सुनेको हुन्छ। त्यसैले ऊ भन्छ, ‘हैन, बाँदरले घर भत्काउँछ।’ ‘हैन, बाँदरले पनि घर बनाउँछ’ भन्दै म कथा सुरु गर्छु। ऊ झन् टाठो भएर कथा सुन्दै जान्छ। त्यो कथा सकिएपछि ऊ भन्छ, ‘अरु कथा पनि सुनाउनुस् न।’
ब्लग/रिभ्यु
-
कविता भेटियो
पुस्तक समीक्षा- सगरमाथाको गहिराइ
राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।
-
रमोन साम्प्रेदोको समुद्रभित्र
फिल्म अनुभूति
शिरीष - यी सब प्रश्नहरुका जङ्गलबाट एउटा स्पष्ट उत्तर फेला पारेँ, बाँच्नु जती क्रान्तिमय हुन्छ, त्यति नै कहिलेकाहिँ मृत्यु पनि आफैंविरुद्धको क्रान्तिको लागि सबल पक्ष हुँदो रहेछ। साम्प्रेदोको संवादले यसरी हिर्काउँछ, जसरी एउटा रहस्यमय कविताले अनौठा–अनौठा प्रश्न जन्माउँछ। जस्तो कि, उनी भन्छन्, ‘जब तिमीले उम्किने मौका पाउँदैनौ र सधैँजसो अरुमाथि भर पर्छौ तब तिमी मुस्कुराउँदै रुन थाल्छौ।’ म यसरी नै संवादहरुमा हराउँदा–हराउँदै साम्प्रेदोको समुद्रभित्र पुगिसकेको रहेछु।