को हुन् बाहुबलीका डरलाग्दा भिलेन कालकेय?

बाहुबली २ ले बलिउडको सबै कीर्तिमान भंग गर्यो। फिल्मका हिरो र हिरोइन मात्र होइन, अहिले भिलेन पनि चर्चामा छन्। यस्तै, बाहुबलीको एक पात्र कालकेयको पनि चर्चा अहिले चुलिएको छ। फिल्ममा कालकेयको अभिनय धेरै ठूलो छैन। संवाद पनि सानो छ। तरपनि कालकेयको भयानक रुप र नबुझिने भाषा दर्शकहरुलाई खुब मजा आइरहेको छ।
वास्तवमा बाहुबलीमा कालकेयको अभिनय गर्ने पात्रको नाम हो, प्रभाकर। जो तेलंगानाको महबुबनगर जिल्लाको सानो गाउँ कोन्डगलमा जन्मिएका हुन्। बाहुबलीमा जति नै खतरनाक भिलेन देखिए पनि उनी वास्तविक जीवनमा निकै लजालु छन्।
भर्खरै भारतको केही अखबारलाई दिएको अन्तर्वार्तामा प्रभाकरले अाफ्नो बाल्यकालकको चाहना फिल्म क्षेत्रमा काम गर्ने भन्दा पनि क्रिकेटर बन्ने रहेको खुलासा गरेका छन्। उनले क्रिकेटर बन्नलाई मेहनत पनि गरेका थिए। तर, उनको यो सपना पुरा भएन।
प्रभाकरलाई उनकै परिवारका एक सदस्यले रेल्वे पुलिसमा जागिर लगाइदिने आश्वासन बाँडेका थिए। त्यो पनि पुरा भएन। यही जागिरको प्रयासमा उनले ६ वर्ष बेरोजगार बनेर बस्नु पर्यो। जागिर नपाएपछि उनी हैदराबाद पुगेका थिए।
प्रभाकर आफू यो अवस्थामा आइपुग्नुमा निर्देशक एसएस राजमौलीलाई सबैभन्दा ठूलो श्रेय दिन्छन्। भएछ के भने, जतिबेला उनी जागिर खोज्न हैदराबाद आएका थिए,त्यतिबेला राजमौलीलाई आफ्नो फिल्म मगधीराका लागि केही व्यक्तिको आवश्यकता थियो। उनी जागिर खोज्दै राजमौली भएको ठाउँमा पुगेका थिए।
राजमौलीले सुरुमा उनलाई कुनै रोल दिएनन्। तर, सुटिङ भइरहेको स्थान राजस्थान लगेका थिए। पछि राजमौलीको सहायकको फोन आयो र उनी राजमौलीको घर पुगेका थिए, जहाँ उनलाई मर्यादा रमन्नाका लागि अभिनयको प्रस्ताव आएको थियो।
सुरुवाती दिन उनलाई फिटिक्क अभिनय आउँदैन्थ्यो। त्यसैले राजमौलीले कनकलामा अभिनय सिक्न प्रभाकरलाई हरेक महिना १० हजार रुपैयाँ दिने गर्थे। प्रभाकरले बाहुबलीमा काम गर्नुअघि ४० वटा फिल्ममा काम गरिसकेका छन्।
प्रतिकृया दिनुहोस
अन्तर्वार्ता
-
बच्चालाई खुसी पार्नुछ? किताब उपहार दिनु
बलराम अधिकारी - ‘के कुरा?’ ‘बाँदरले पनि हाम्रोजस्तै घर बनाउँछ नि।’ उसले त समाजबाट बाँदरले घर भत्काउँछ भन्ने सुनेको हुन्छ। त्यसैले ऊ भन्छ, ‘हैन, बाँदरले घर भत्काउँछ।’ ‘हैन, बाँदरले पनि घर बनाउँछ’ भन्दै म कथा सुरु गर्छु। ऊ झन् टाठो भएर कथा सुन्दै जान्छ। त्यो कथा सकिएपछि ऊ भन्छ, ‘अरु कथा पनि सुनाउनुस् न।’
ब्लग/रिभ्यु
-
कविता भेटियो
पुस्तक समीक्षा- सगरमाथाको गहिराइ
राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।
-
रमोन साम्प्रेदोको समुद्रभित्र
फिल्म अनुभूति
शिरीष - यी सब प्रश्नहरुका जङ्गलबाट एउटा स्पष्ट उत्तर फेला पारेँ, बाँच्नु जती क्रान्तिमय हुन्छ, त्यति नै कहिलेकाहिँ मृत्यु पनि आफैंविरुद्धको क्रान्तिको लागि सबल पक्ष हुँदो रहेछ। साम्प्रेदोको संवादले यसरी हिर्काउँछ, जसरी एउटा रहस्यमय कविताले अनौठा–अनौठा प्रश्न जन्माउँछ। जस्तो कि, उनी भन्छन्, ‘जब तिमीले उम्किने मौका पाउँदैनौ र सधैँजसो अरुमाथि भर पर्छौ तब तिमी मुस्कुराउँदै रुन थाल्छौ।’ म यसरी नै संवादहरुमा हराउँदा–हराउँदै साम्प्रेदोको समुद्रभित्र पुगिसकेको रहेछु।