बाहुबली २ ले बनायो किर्तिमान, तीन हप्ता कमायो १५ सय करोड

  • Get News Alerts

एसएस राजामौली निर्देशित भारतीय सिनेमा बाहुबली २ले कमाइमा नयाँ किर्तिमान कायम गरेको छ।

तीन हप्ता अगाडि रिलिज भएको फिल्मले अहिलेसम्म १५ सय करोड भारु कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाहुबली २ हिन्दी, मलायलम लगायतका भाषामा रिलिज भएको छ।
 
आमिर खान अभिनित फिल्म दंगलले अहिलेसम्म विश्वव्यापी रुपमा १२ सय करोड कमाएको छ। 
 

प्रतिकृया दिनुहोस