करिश्मा कपुरका पूर्व पति संजयले गरे विवाह

  • Get News Alerts

बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति संजय कपुरले आफ्नी प्रेमिकासँग विवाह गरेका छन्। बिहीबार दिल्लीमा संजयले प्रेमिका प्रिया सचदेवसँग विवाह गरेका हुन्। उनीहरुको विवाहमा परिवारका सदस्य र नजिकका केही साथीहरुको मात्र उपस्थिति थियो।
 
विवाहपछि उनीहरुले म्यानहट्टनको नोमाड होटलमा समारोह राखेका थिए। 
 
संजय र प्रियाको भेट निकै वर्ष अघि न्यूयोर्कमा भएको थियो र पछिल्लो पाँच वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए। प्रियाको यो दोस्रो विवाह हो भने संजयको तेस्रो। प्रियाको पहिलो विवाह होटल व्यवसायी बिक्रम चटवालसँग भएको थियो।
 
करिश्मा र संजयले १३ वर्ष अघि विवाह गरेका थिए तर सन् २०१६ मा उनीहरुबीच पारपाचुके भयो। खबरका अनुसार करिश्मा पनि हाल व्यपारी संदीप तोशनीवालसँग सम्बन्धमा छन्। 

प्रतिकृया दिनुहोस