दश लाख रुपैयाँ तयार गर भन्दै सोनु निगमले खौरिए कपाल

  • Get News Alerts

भारतीय गायक सोनु निगमले आफ्नो कपाल खौरिएका छन्। कपाल खौरिएसँगै उनलाई चुनौति दिन मौलवीलाई उनले १० लाख भारतीय रुपैयाँ तयार राख्न पनि भनेका छन्। सोनु निगमले मस्जिदसम्बन्धी एक ट्वीट गरेपछि विवादमा परेका हुन्। उनले गत सोमबार आफू मुस्लिम नभएको तर बिहानबिहानै मस्जिदमा हुने आजनको आवाजले ब्यूँझनु परेको बताउँदै यस्ता धार्मिक कुरा बन्द गर्नुपर्ने ट्वीट गरेका थिए।
 
त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना हुन थालेको थियो। उनका आलोचकले उनले मुस्लिमलाई होच्याएर ट्वीट गरेको आरोप लगाएका छन्। यस्तो आवाज मस्जिद नजिकमात्र होइन मन्दिर गुरुद्वारामा पनि आउने भन्दै उनीहरुले निगम मुस्लिमप्रति पूर्वाग्रही भएको तर्क गरेका छन्।
 
पछि निगमले आफ्नो आशय कुनै मस्जिदमा मात्र नभई गुरुद्वारा र मन्दिरमा पनि लाउडस्पिकर बन्द गर्नु पर्ने रहेको भन्दै ट्वीट गरेका थिए। तर उनका आलोचकले उनको विरोध गर्न छोडेका छैनन्। पश्चिम बंगालका एक मुस्लिम नेताले निगमको ट्वीटप्रति आपत्ति जनाउँदै उनको कपाल खौरेर ल्याउनले लाई दश लाख भारु पुरस्कार दिने घोषणा नै गरेका थिए। यसैको जवाफ स्वरुप सोनुले आफ्नो कपाल खौरेका हुन्। 
 
उनले सेलेब्रेटी हेयर स्टाइलिस्ट आलिम हाकिमलाई बोलाएर आफ्नो कपाल कटाएका हुन्।
 
उनले यो विषयले यति ठूलो रुप लेला भन्ने नसोचेको बताउँदै भनेका छन्, 'मैले मोहम्मद रफीलाई गुरु मानेको छु। मेरो ड्राइभर मुस्लिम छन्। म मुस्लिम विरोधी होइन, धर्म निरपेक्ष हुँ।'
मुस्लिम व्यक्तिको हातबाटै कपाल काटेको हो भन्ने देखाउन आफूले कपाल काटेको उनले बताएका छन्। 
 

प्रतिकृया दिनुहोस