धर्मसम्बन्धी ट्वीटले सोनु निगम विवादमा

  • Get News Alerts

भारतीय गायक सोनु निगम मस्जिदसम्बन्धी एक ट्वीटका कारण विवादमा परेका छन्। उनले गत सोमबार आफू मुस्लिम नभएको तर बिहानबिहानै मस्जिदमा हुने आजनको आवाजले ब्यूँझनु परेको बताउँदै यस्ता धार्मिक कुरा बन्द गर्नुपर्ने ट्वीट गरेका थिए।

त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना हुन थालेको थियो। उनका आलोचकले उनले मुस्लिमलाई होच्याएर ट्वीट गरेको आरोप लगाएका छन्। यस्तो आवाज मस्जिद नजिकमात्र होइन मन्दिर गुरुद्वारामा पनि आउने भन्दै उनीहरुले निगम मुस्लिमप्रति पूर्वाग्रही भएको तर्क गरेका छन्। 

पछि निगमले आफ्नो आशय कुनै मस्जिदमा मात्र नभई गुरुद्वारा र मन्दिरमा पनि लाउडस्पिकर बन्द गर्नु पर्ने रहेको भन्दै ट्वीट गरेका थिए। तर उनका आलोचकले उनको विरोध गर्न छोडेका छैनन्। 

पश्चिम बंगालका एक मुस्लिम नेताले निगमको ट्वीटप्रति आपत्ति जनाउँदै उनको कपाल खौरेर ल्याउनले लाई दश लाख भारु पुरस्कार दिने घोषणा नै गरे।

आजै निगमले पत्रकार सम्मेलन गर्दै प्राफेट मोहम्मदलाई अपमान गर्ने  आफ्नो मनसाय नभएको दोहोर्‍याएका छन्। आफूले धार्मिक कुरा भन्दा सामाजिक कुरा उठाएको उनको दाबी छ। ‘म धर्म निरपेक्ष मान्छे हुँ, मैले आजानको विरोध गरेको होइन, लाउड स्पिकरको गरेको हुँ,’ निगमले भने।

 

 

प्रतिकृया दिनुहोस