संजय दत्तको पक्राउ पूर्जी रद्द

  • Get News Alerts

बलिउड अभिनेता संजय दत्तको पक्राउ पूर्जी रद्द भएको छ।

फिल्म निर्माता शकिल नुरानीले संजयले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै मुद्दा हालेका थिए।

यही मुद्दाको लागि संजय मुम्बइको अँधेरी अदालत पुगेका थिए।

उनका वकिलले संजयलाई अदालतमा नबोलाउन इजाजत मागेका थिए, तर यो माग खारेज गरिएको थियो।

संजयविरुद्ध अँधेरीको महानगर अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। 

प्रतिकृया दिनुहोस