अक्षयकुमारको पारिश्रमिक एक दिनको दुई करोड

  • Get News Alerts

बलिउड अहिलेसम्मकै सबैभन्दा बढी लगानीमा एउटा फिल्म बन्दैछ, २.०। एस शंकरले निर्देशन गरेको उक्त फिल्म ४०० करोड भारुमा बन्न लागेको हो। 
 
यो फिल्ममा  अभिनेता अक्षयकुमार पनि देखिँदैछन्। अहिले चर्चा फिल्ममा काम गरेवापत् अक्षयले लिएको पैसाको भइरहेको छ। यो फिल्मको सुटिढमा अक्षयले २० दिन बिताएका छन्। र त्यो बापत् उनले ४० करोड भारु  पारिश्रमिक लिएका छन्। 
 
यसअघि रिलिज भएको उनको अर्को फिल्म ‘जोली एलएलबी २’ का लागि अक्षयले ४२ करोड पारिश्रमिक बुझेका थिए। यही वर्ष फिल्म 'रुस्तम'का लागि अक्षयकुमारलाई नेशनल अवार्ड प्रदान गरिएको थियो। 
 
साइन्स फिक्सनमा आधारित फिल्म २.०मा मुख्य भूमिका रजनीकान्तले निभाएका छन्। उनले पारिश्रमिकवापत् ६० करोड भारु लिएको बताइएको छ। उनले फिल्मका लागि दुई वर्ष सुटिङ गरेका छन्। फिल्म आगामी दीपावलीमा रिलिज हुने बताइएको छ।   
 

प्रतिकृया दिनुहोस