म बच्चा पाउने मेसिन होइन- विद्या बालन

  • Get News Alerts

बलिउड अभिनेत्री विद्या बालन अभिनयमा जति शसक्त छन् आफूलाई सोधिएको प्रश्नमा पनि उत्तिकै शसक्त जवाफ दिएकी छन्।
 
उनलाई केही पटक अस्पताल धाएको देखेपछि उनलाई धेरैले गर्भवती हो कि भनेर प्रश्नको ओइरो लागिरहेको थियो। भारतीय समाचारमाध्यमका अनुसार धेरैले सोधेको प्रश्नमा कड्किदैं उनले आफू बच्चा पाउने मेसिन हैन भनेर जवाफ दिएकी छन्।
 
उनले भनिन्, ‘बच्चाको विषयलाई लिएर मानिसहरु किन यति चासो राख्छन् म बुझ्दिन। म कुनै बच्चा जन्माउने मेसिन त होइन। त्यसै पनि विश्वमा यति जनसंख्या बढिरहेको छ कि कसैको बच्चा नभए पनि केही समस्या छैन।’
उनी त्यसबेला धेरै तनावमा भएको र सामान्य समस्यामा पनि अस्पताल जाँदा गर्भवतीकै विषय उठाउने गरेकोमा रिसाएकी थिइन्।
 
उनले थपिन्, ‘म र मेरो पति बाहेक अरु कसैलाई हाम्रो निजी जीवनमा चियोचर्चो गर्ने अधिकार छैन।’
विद्याले फिल्म निर्माता सिद्धार्थ रोय कपुरसँग सन् २०१२ मा विवाह गरेकी हुन्। 
 

प्रतिकृया दिनुहोस