यस कारण भाइरल भयो सलमानको एउटा पुरानो अन्तरवार्ता

  • Get News Alerts

बलिउड अभिनेता एकपटक फेरी आफ्नो निजि जीवनका कारण चर्चामा आएका छन्। उनले दिएको एउटा पुरानो अन्तरवार्ता भाइरल भएकाले उनी चर्चामा आएका हुन्। उक्त अन्तरवार्तामा सलमानले तात्कालिन प्रेमिका ईश्वर्या रायलाई कुटपिट गरेको भन्ने आरोपको खण्डन गरेका छन्।

सन् २००१ मा एक दैनिकलाई दिएको अन्तरवार्तामा उनलाई सो प्रकरणका बारेमा सोधिएको थियो। सो अन्तरवार्तामा उनले ऐश्वर्यालाई नपिटेको र आफूले जीवनमा एउटै व्यक्ति जसलाई हात उठाए भनेर उनले निर्देशक सुभास घईको नाम लिएका थिए। सो समय ऐश्वर्या सुभासको 'ताल' फिल्ममा काम गरिरहेकी थिइन्।

सो अन्तरवार्तामा सलमानले यस्तो भनेका थिए।

'होइन। मैले ऐश्वर्यालाई कहिले पनि पिटेको छैन्। बरू अरूले मलाई पिट्न सक्छन्। सेटमा भएको जो कोही फाइटरले पनि मलाई पिट्न सक्छ। यही कारणले पनि मसँग कोही डराउँदैन्। म चाँडै भावनात्मक हुन्छु। त्यसपछि प आफेलाई पीडा दिन्छु। भित्तामा टाउको ठोक्छु। म कसेलाई दु:ख दिनै सक्दिन्। मैले सुभाष घईलाई भने पिटेको हो र दोस्रो दिन नै मैले त्यसका लागि उनीसँग माफी मागेको थिएँ।'

प्रतिकृया दिनुहोस