बलिउडमा मेरो कोही पनि 'गडफादर' नभएकोमा गर्व छ: कृति

  • Get News Alerts

बलिउड एक किसिमले पुस्तैनी पेसा जस्तै बन्दै गइरहेको सन्दर्भमा अभिनेत्री कृति सेननले बलिउडमा आफू पनि फिल्मी परिवारबाट भएको भए सहज हुने भएतापनि कोही नभएकोमा गर्व महशुस गर्ने गरेको बताएकी छन्।

इन्डिया बिच फेसन सप्ताहको दौरानमा भएको कुराकानीमा सो कुरा बताएकी हुन्।

'मलाई मान्छेले चाँडै चिन्थे। गैर फिल्मी परिवारबाट आएको नयाँ अनुहारलाई दर्शकसँग जोडिन केही समय भने लाग्छ', कृति भनिन्, 'जुन ठाउँबाट आएँ, मलाई त्यसमा गर्व छ। मैले म कहिल्यै कलाकार बन्छु सोचेको पनि थिइन। मेरो ठ्याक्कै यही भनेर कोही 'गडफादर' छैन। मबाट भएका गल्तीहरूबाट सिक्दै अगाडी बढिरहेकी छु।'

कृतिका 'हिरोपन्थी' तथा 'दिलवालें' गरि दुई फिल्म रिलिज भइसकेका छन् भने  'रब्ता' र 'बरेलीकी वर्फी'को काम चलिरहेको छ।

प्रतिकृया दिनुहोस