बोल्ड छिन् टाइगरकी गर्लफ्रेण्ड दिशा: हेर्नुस् १० तस्विरमा

  • Get News Alerts

बलिउड अभिनेत्री दिशा पाटनी मिडियाको नजरमा अभिनेत्री भन्दा पनि अभिनेता टाइगर श्रफकी फ्रेमिकाका रूपमा बढी चर्चित छिन्। उनी सुन्दरसँगै बोल्ड पनि छिन्। हालै उनले इन्स्टाग्रामा सार्वजनिक गरेको पुरानो तस्विरले उनी बोल्ड रहेको पनि देखाउँछ।

सार्वजनिक तस्विरमा उनलाई पिच रंगको विकिनीमा देख्न सकिन्छ जसमा उनी बोल्ड देखिएकी छन्। उनले पहिरहने बोल्ड पहिरनले बेलाबेलाम गतिलै चर्चा बटुल्ने गरेको छ। केही समय अगाडी एक अवार्ड कार्यक्रममा अत्यन्त बोल्ड पहिरनमा पुग्दा एक व्यक्तिले उनलाई पटकपटक हेरेको तस्विर सार्वजनिक हुँदै उनले खुबै चर्चा बटुलिन्।

ग्ल्यामरको दुनियाँमा उनी योजनासहित आएकी थिइन्। पढाइमा तीक्ष्ण दीशा खासमा वैज्ञानिक बन्न चाहन्थिन तर सन् २०१३ मा फेमिना मिस इन्डिया इन्दौरमा भाग लिएपछि भने उनको जीवनले रंगिन दुनियाँको बाटो समात्यो। त्यसमा उनी रनरअप रहिन्। त्यो बेला उनी लखनऊको एमटी विश्वविध्यालयमा बायोटेकको पढाइ गर्दै थिइन।

 २४ वर्षे दिशा बरेलीमा जन्मिएकी हुन्। उनले गत वर्ष भारतिय स्टार क्रिकेटर महेन्द्र सिंह धोनीको वायोपिक फिल्म 'एम एस धोनी: द अनटोल्ड स्टोरी'बाट बलिउडमा डेब्यू गरिन्। त्यसअघि उनले 'लोफर'नामक तेलेगु फिल्ममा काम गरेकी थिइन्। तत:पश्चात उनले इन्डो-चाइना निर्माण रहेको ज्याकी च्यान स्टारर 'कुगं फू योगा'मा समेत काम गरिसकेकी छन्।

प्रतिकृया दिनुहोस