४३ लागे ऋतिक: जान्नुस् २१ वर्षसम्म नाच्नै नजान्ने ऋतिकले कसरी सिके नाच्न?

  • Get News Alerts

बलिउड अभिनेता ऋतिक रोशन ४३ वर्षका भएका छन्। उनी १० जनवरी १९७४ मा मुम्बईमा जन्मिएका हुन्। उनी चर्चित निर्माता तथा निर्देशक राकेश रोशनका छोरा हुन्। फिल्म उद्योगमा उनी आफ्ना पिताको सहायक निर्देशक हुँदै प्रवेश गरेका थिए।

सन् २००० मा उनले अमिशा पटेलसँग जोडी बाँध्दै 'कहो ना प्यार हे' फिल्मबाट अभिनेताका रूपमा डेब्यू गरेका हुन् भने बलिउडमा उनको प्रवेश बाल कलाकारका रूपमा भएको हो।

कोई मिल गया', कृष:२ तथा 'कृष: ३' जस्ता फिल्मले उनलाई बलिउडमा बेग्लै स्थान दिलाएको छ। उनका २ छोराहरू छन्। लामो समयकी प्रेमिका रहेकी सुजैन खानसँग विवाह गरेका ऋतिकले उनीसँग सम्बन्ध विच्छेद गरिसकेका छन्।

अभिनेतासँगै ऋतिकलाई बलिउडमा अत्यन्त राम्रो नाच्न जान्ने अभिनेताका रूपमा चिनिन्छ तर धेरैलाई थाहा नहुन  सक्छ उनी २१ वर्षको उमेरसँग नाच्न जान्दैन थिए। पछि उनले मेरुदण्डको हड्डीको अपरेसन गरे। तत:पश्चात उनी नाचको मामिलामा आजको स्थानमा आइपुगे।

 

प्रतिकृया दिनुहोस