दश वर्षपछि कम्ब्याक गर्दा यस्तो देखिए चिरञ्जिवी (भिडियो)

  • Get News Alerts

सन् २००७ मा मुख्य भूमिकामा अभिनय गरेपछि सक्रिय फिल्म करियरबाट टाढिएका अभिनेता चिरञ्जिबी पुन: फिल्ममा फर्किएका छन्।

उनी 'खिलाडी नम्बर १५०'बाट कम्ब्याक भएका हुन्। फिल्म भोलि अर्थात जनवरी ११ बाट प्रदर्शनमा आउँदैछ। यो उनको फिल्मी करियरको १५० औं फिल्म हो।

फिल्मको ट्रेलरमा उनलाई हाइ-अक्टेन एक्सन अवतारमा देख्न सकिन्छ। फिल्मलाई उनका छोरा राम चरणले निर्माण गरेका हुन्। फिल्मका निर्देशक भि भी विनायक हुन्। फिल्ममा काजल अग्रवाल तथा तरूण अरोराको अभिनय रहेको छ।

फिल्म तमिल ब्लकबस्टर 'काथति'को रिमेक हो।

प्रतिकृया दिनुहोस