सकियो 'बाहुबली २'को सुटिङ्: ६१३ दिन लाग्यो फिल्म सक्न

  • Get News Alerts

साल २०१७ को सर्वाधिक प्रतिक्षित फिल्म बनेको 'बाहुबली' फिल्मको अन्तिम श्रृखंला 'बाहुबली- द कन्क्लुजन'को सुटिङ सकिएको छ।

निर्देशक एसएस राजामौलीले ट्विट गर्दै यसको घोषणा हुन्। फिल्मका मुख्य अभिनेता प्रभाससँग अन्तिम दृश्य खिचेपछि फिल्मको सम्पूर्ण छायाँकन पूरा भएको हो। ट्विटमा राजामौलीले 'प्रभास तिमीसँगको झण्डे ३.५ वर्ष लामो यात्रा पूरा भयो। थ्याङ्क्स डार्लिङ, तिमीले जून भरोसा यो फिल्ममा गर्‍यौ अरू कसैले गरेको थिएन', लेखेका छन्।

फिल्म यसै अप्रिल २८ मा रिलिज हुनेछ। रिलिजमा ढिलाइ गरिएकाले फिल्म अघिल्लो श्रृखंलाभन्दा मेकिङका हिसाबले झन भव्य हुने अनुमान गरिएको छ। फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का शेट्टी, राम्या कृष्नन तथा सत्यराजको भूमिका रहेको छ।

प्रतिकृया दिनुहोस